
१० असोज, काठमाडौं । पोखरा पृथ्वी चोकमा रहेको शहीद लखन थापा मगरको सालिक भत्काएकोमा नेपाल आदिवासी जनजाति महासंघले विरोध गरेको छ ।
पूर्वाञ्चल सडक डिभिजन कार्यालयले सोमबार राति पृथ्वी चोकको आइल्याण्ड हटाएको थियो ।
विकासको नाममा नियोजित रुपमा शालिक हटाएको भन्दै जनजाति महासंघले निन्दा गरेको छ । साथै तत्काल शहीद पुनःप्रतिष्ठापन गर्न पनि माग गरेको छ ।
साभारः अनलाईन खबर ।



Milan Shrestha । १० आश्विन २०७४, मंगलवार १०:३४ बजे