क्यान इन्फोटेकको दोस्रो दिन ४ हजार दर्शकः व्यावसायी उत्साहित



२५ फागुन, सुर्खेत । कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघ शाखा सुर्खेतको आयोजनामा यही फागुन २४ गतेदेखि शुरु भएको कर्णाली प्रदेश स्तरीय क्यान इन्फोटेकमा ४ हजार बढि दर्शकले प्रदर्शनको अवलोकन गरेका छन् ।

इन्फोटेकमा दृष्टिबिहीनहरुलाई कम्प्यूटर तथा मोवाइल चलाउने सिकाइएको छ भने सेवा तथा सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्मम छुट दिइएकोले पनि व्यापार उत्साहजनक रुपमा संचालक भएको आयोजकले जनाएको छ । यसैगरी अनलाइन टिकेटिङ्गमा निःशुल्क प्रवेशको व्यवस्था मिलाएकाले पनि दर्शकहरुको बाक्लो उपस्थिति रहेको इन्फोटेकका संयोजक प्रेम प्रकाश चन्दले बताउनुभयो ।

इन्फोटेकमा ५ वाटबाट संचालन मिनी कम्प्यूटर, स्मार्टबोर्ड, विभिन्न ब्राण्डका ल्यापटप, १ हजार १ सय भि ए को सोलार इन्भटरबाट ४० जना विद्यार्थीहरुले एकै पटक कम्प्यूटर पढाउन सकिने, विद्यालय, व्यापारी तथा सहकारीका सफ्टवेयरहरुमा २० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था, कुनै पनि ब्राण्डका पुराना सिसिटिभी क्यामरा एक्सचेन्जमा भिष्टाका सिसिटिभी क्यामराहरुमा २० प्रतिशत छुट, १०० जना ग्राहकका सिसिटिभी क्यामराहरु फ्रि सर्भिस, आइएमइ पे का विभिन्न सेवा सुविधाहरु भएकोले पनि दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको आयोजकको भनाई छ । सेक्यूरिटी सिस्टमहरु, मोवाइल, मोाटोपन घटाउन तथा बढाउन विभिन्न इलेक्ट्रिक बेल्ट, सिधै धारामा जोड्न सकिने वाटर फिल्टर तथा अन्य इलेक्टोनिक्स समानहरुको समेत प्रदर्शनी भइरहेको छ ।