ट्राफिक प्रहरीको चालक संग १ मिनेट


मिलन श्रेष्ठ

१० माघ, सुर्खेत । जिल्ला टाफिक प्रहरी कार्यालय सुर्खेतले सडक दुर्घटना न्युनिकरको लागि जिल्लाको विभिन्न स्थानहरुमा चालकसंग १ मिनेट कार्यक्रम संचालन गरेको छ ।

पछिल्लो चरण कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बढ्दो आवादीका साथै बढ्दो सवारी साधनको चापले गर्दा दिनँहु जसो हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्नका लागी कार्यक्रमको आयोजना गरिएको हो । त्यती मात्र होईन जिल्लाको मुख्य सडकहरुमा सर्वसाधारणहरुलाई आवात जावत गर्न सजिलोका लागी जेब्रा क्रसिङ्ग बनाएता पनि सर्वसाधारणले बाटो काट्दा नियमका पालना नगर्नुका साथै उक्त समयका सवारी चालकहरुको असावधानिका कारण हुने गरेका घटनाहरुलाई रोकथामका लागी समेत कार्यक्रम गरिएको थियो ।