वीरेन्द्रनगर जेसिजको अध्यक्षमा पाठक,वीरेन्द्रनगर जेसिज र जुनियर जेसीजको सयुक्त पदस्थापन कार्यक्रम सम्पन्न


११ माघ,सुर्खेत  । वीरेन्द्रनगर जेसीज र वीरेन्द्रनगर जुनियर जेसीजको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार वीरेन्द्रनगरमा वीरेन्द्रनगर जेसीज र वीरेन्द्रनर जुनियर जेसीजको वर्ष २०२२ को पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आत्थ्यितामा भएको हो । वीरेन्द्रनगर जेसीज २०२१ का अध्यक्ष कमल लामिछानेले वर्ष २०२२ का सैलेन्द्र पाठकलाई चेन हस्तान्तरण गर्नुभएको थियो ।

वीरेन्द्रनगर जेसीज वर्ष २०२२ को अध्यक्षमा पाठक, कार्यकारी उपाध्यक्षमा रिदेस गिरी र भिमबहादुर थापा, महासचिवमा संजोग भण्डारी, कानूनी सल्लाहकार सागर पौडेल, कोषाध्यक्षमा हिक्मत सापकोटा र सचिवमा दुर्गाप्रसाद शर्मा मनोनित हुनुभएको छ ।

यस्तै उपाध्यक्षमा दिलिपजंग शाही, महेन्द्रकुमार थापा, युवक सापकोटा, मनोज एमसी रहेका छन् । शाखा सम्पादक मुना हमाल, तालिम संयोजक आकृति खड्का, जनसम्पर्क अधिकारी दिल्लु प्रसाद ढुंगाना, खेलकुद संयोजक प्रकाश खड्का मनोनित हुनुभएको छ ।

यस्तै जुनियर जेसीजको अध्यक्षमा भावुक रिजाल, कार्यकारणी उपाध्यक्षमा रुप बहादुर बुढा, धिरेन्द्र बयक, उपाध्यक्षहरु सृजना थापा मगर, सुजिता रोकाय, पदम शाही र ओकेन्द्रनाथ योगी रहेका छन् । यस्तै महासचिवमा शंकर आचार्य, कोषाध्यक्षमा गंगा बुढा, सचिवमा सुवास शर्मा, कानुनी सल्लाकारमा जीवन प्रसाद जैशीलाई मनोनित गरिएको छ । वीरेन्द्रनर जुनियर जेसीज वर्ष २०२१ का अध्यक्ष जनक बुढाले वर्ष २०२२ का अध्यक्ष रिजाललाई चेन हस्तान्तरण गर्नुभएको थियो ।

बाँकी पदहरुमा प्रथम बैठकबाट मनोनित गरिने वर्ष २०२२ का अध्यक्ष शैलेन्द्र पाठकले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा उत्कृष्ठ जेसीजको रुपमा हिक्मत सापकोटा, विशिष्ट जेसीजको रुपमा शैलेन्द्र पाठक, सर्वाधिक उपस्थितीतर्फ आकृति खड्का र उत्कृष्ट प्रोजेक्ट चियर अर्वाडतर्फ महेन्द्र थापा र सर्वाधिक सहभागितातर्फ दुर्गा प्रसाद शर्मा पुरस्कृत तथा सम्मानित भएका छन् ।

यस्तै जुनियर जेसीजतर्फ शंकर आचार्य उत्कृष्ट र सर्वाधिक सहभागितातर्फ सुजिता थापा पुरस्कृत तथा सम्मानित भएका छन् ।
राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीले जेसीजको मिसन र भिजन अनुसार काम गर्नुपर्ने बताए । यूवाहरुलाई जेसीजको माध्यमबाट नेतृत्व तहमा पु¥याउनुपर्नेमा दिनुभयो । समाज रुपान्तरणमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ ।

कार्यक्रममा नेपाल जेसीजका कार्यकारणी उपाध्यक्ष अनिल शाही, वीरेन्द्रनगर जेसीजका संस्थापक महासचिव सम्भु पन्त, पूर्व अध्यक्षहरु टिकाराम चपाई, सागर भुसाल, नन्द विसी, सरस्वति बस्नेत, भद्र भण्डारी, बितिहोत्र बशिष्ठ, सुर्खेत महिला जेसीज वर्ष २०२२ का अध्यक्ष मनिषा कौशाल भेरिगङा जेसिज का अध्यक्ष गोपि प्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो ।