मिलन श्रेष्ठ
१५ फागुन, सुर्खेत । कर्णाली प्रदेशकोराजधानी वीरेन्द्रनगर–९ लाटीकोइली सुर्खेतमा ढुङ्गाको मुर्ति बनाउन शुरु गरिएको छ ।
स्थानीय स्रोत सधानको प्रयोग गरेर ढुङ्गाको मुर्ति निर्माण गर्न थालिएको हो । स्थानीय कुष्ण कुमार श्रेष्ठले ढुङ्गाको मुर्ति निर्माणका लागि एसके स्टोन काराभिङ्ग संचालनमा ल्याउनु भएको छ ।
वडा नं ९ का अध्यक्ष सुरेश मानन्धर र समाजसेवी जीवन कुमार शाक्यले संयुक्तरुपमा काराभिङ्गको उद्घाटन गर्नुभयो । संचालक कृष्ण कुमार श्रेष्ठले स्थानीय ढुङ्गाबाट विभिन्न भगवान लगाएत आवश्यक अनुसार मूर्ति बनाउने बताउनुभयो । उहांले भन्नुभयो “नेपालको भिन्न क्षेत्रमा भ्रमण र अवलोकन गर्ने क्रममा ढुङ्गाबाट बनेका मुर्तिहरुले मेरो मन लोभ्याथ्यो । कांक्रेबिहार मन्दिर निर्माणकै क्रममा ढुङ्गाको मर्ति गराउने सोच गराएको थिए । स्थानीय स्तरमा छरिएर रहेका ढुङ्गाहरुको सदुपयोग गर्ने र पर्यटकहरुको इच्छा अनुसार पनि सुरु गरेको छु ।”
उहांले यसले सुर्खेतको पहिचान चिनाउनकालागि पनि आफुले यो कामको सुरु गरेको बताउनुभयो । ‘बजारमा ढुङ्गाको मुर्तिको माग अत्याधिक छ । हामीले काम थालेकै दिनदेखि धेरै जनाले अग्रिम माग पनि गर्नु भएको छ । हामीले सस्तो मुल्यमा मुर्ति विक्रि गरेका छौँ ।’ उहांले ग्राहकको माग अनुसार काठको पनि मुर्ति बनाउन सकिने र सुर्खेत जिल्ला बाहिर निर्माण गरिएका मुर्ति र कला कृतिहरुलाई पनि आफुले सहजै रुपमा उपलब्ध गराउन सकिने बताउनु भयो ।
यसै गरि मुर्तिकार सुकुराम डिमडुङ अनुसार नेपालका विभिन्न ठुला शहरहरु काठमाण्डौ, पोखरा, लुिम्बनि पश्चात सुर्खेतमा ढुङ्गाको मुर्ति बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुर्खेतमा यसरि ढुङ्गाको मुर्ति बनाएर बेच्ने गरेको कहि कतै सुनेको छु तर हामिले जसरी सिनिसिंग गरेको बिक्रि गरेको भने पाएको छैन ।’ उहाँले मुर्तिको मुल्य फिट अनुसार फरक पर्ने भएता पनि हाललाई सुर्खेत जिल्लामा ५ हजार रुपैया देखि ९० हजार सम्मको मात्र मुर्ति राख्ने तर बजारको माग अनुुसार दुई तिन लाख सम्मको पनि मुर्ति निर्माण गर्न लागको बताउनुभयो ।
पछिल्लो चरण बजारमा सिमेन्ट, तामा, पिटल जस्ता धातुहरुबाट निर्माण गरिएको मुर्तिहरु पाउने गरेता पनि त्यसको दाजोमा ढुङ्गाको मुर्ति बलियो हुने बताउनुभयो । ढुङ्गाबाट बनेको मुर्ति जति पुरानो भयो त्यति महत्व हुने भएकाले यसको माग बढी भएको उहांको भनाई छ ।
पछिल्लो समयमा स्कुल, मठ मन्दिर र सार्वजनिक स्थानहरुमा ढुङ्गाबाट बनेको मुर्ति बाहिर देखिने गरि राख्ने गरिएको अझ बढी माग भएको छ ।
मुर्तिकार सुकुराम डिमडुङको बिगत १५ बर्षदेखि यहि क्षेत्रमा रहेर काम गरेको अुनभव रहेको छ । उहाँले अहिले आफुले मूर्ति बनाएर नै महिनाको ९० हजार देखि २ लाख सम्म आम्दानि गर्ने गरेको बताउनुभयो । उहाँले नेपालमा पहिलो पटक लाटीकोईलीको शिब मन्दिरमा एउटै ढुङ्गाबाट निर्माण गरिएको २१ फिटको अर्धनारेश्वर शिब पार्वतिको मुर्ति निर्माण गरि सक्नु भएको छ । जसको मुल्य २ करोड रहेको छ । उहाँका अनुसार ढुङ्गाको गुणस्तर अनुसार मुल्य फरक पर्दै जाने र रातो ढुङ्गाले बनाएको र फापिंगमा पाहिने कालो ढुङ्गाले बनेको मुर्तिको मुल्य बढि हुन्छ ।



Milan Shrestha । १५ फाल्गुन २०७७, शनिबार १९:३० बजे