
२६ फागुन, सुर्खेत । वीरेन्द्रनगरमा जारी मेयर कप फुटबलको उपाधि वडा नम्बर ९ ले जितेको छ ।
आज भएको फाइनलमा ९ ले ४ नम्बर वडालाइ २- १ गोल अन्तरले पाखा लगाउदै उपाधि हात पारेको हो । ९ नम्बरका सागर चौधरी र नाराजन गुरुङले एकएक गोल गर्दै टोलीलाइ जित दिलाउनु भयो । ४ नम्बरका सन्दीप नेपालीले एकगोल फर्काएपनि खेल भने फर्काउनु सक्नु भएन ।
जितसंगै ९ नम्बरले ३३ हजार ३ सय ३३ रुपैया पाएको छ भने उपविजेता बनेको ४ नम्बरले २२ हजार २ सय २२ मा चित्त बुझाँएको छ । ४ नम्बर वडाले ७ नम्बरलाइ दुई शून्य गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो । उपाधि हात पारेको ९ नम्बर वडाले प्रतियोगितामा अपराजित यात्राकायम राख्दै प्रथम मेयर कपको उपाधी रक्षा गरेको हो ।
यसैबीच उपमेयर कप महिला लिग फुटबलमा भने वडा नम्बर ३ अपराजित रहँदै विजेता बन्न सफल भएको छ । वडा नम्बर ४ र ६ लाइ हराउँदै ६ अंकका साथ वडा नम्बर ३ लिग बिजेता बन्न सफल भएको हो ।
यस्तै ३ अंक जोडेको वडा नम्बर ४ उपविजेता बनेको छ भने दुवै खेल हारेको ६ नम्बरले खाता खोल्न सकेन



Prawash Kumar Shakya । २६ फाल्गुन २०७७, बुधबार १९:०३ बजे