मुख्यमन्त्री रनिङ्ग शिल्ड भलिवलको उपाधी पुरुष तर्फ रुकुम पश्चिमलाई


५ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री रनिङ्ग सिल्ड भलिवल प्रतियोगिताको उपाधि पुरुष तर्फ रुकुम पश्चिम र महिला तर्फ कालीकोटले हात पारेका छन।

आज भएको फाईलमा रुकुम पश्चिमले पुरुषतर्फ सल्यानलाई ३–० शून्यको सोझो सेटमा हराउँदै १ लाख रुपैया प्राप्त गरेको छ । रुकुमले सल्यानसंग समूह चरणमा भोगेको हारको बदलालिदै उपाधि हात पारेको हो ।

पहिलो खेलमा सल्यानलाई रुकुमले २८-२६,२५-१९ र २५-२३ को अन्तरमा पराजित गर्दै पहिलो पटको मुख्यमन्त्रीकपको उपाधि उचालेको हो ।

त्यस्तै उपविजेता बनेको सल्यानले  ७५ हजार प्राप्त गरेको छ भने घरेलु टोलि सुर्खेत ५० हजार प्राप्त गरि तेस्रो बनेको छ ।

समुह चरणको खेलबाट लगातार जित हातपार्दै शिर्ष स्थानमा रहदै आएको सल्यान फाईनलमा हार भोग्न बाध्य भएको हो । शुरुका खेलमा राम्रो प्रर्दशन गरेको सल्यान अन्तिम समयमा आफुलाई सम्हाल्न नसक्दा उपाधि होडबाट बाहिएको हो । यस्तै महिला तर्फ कालीकोटले रुकुम पश्चिमलाई ३– शून्यक कै सोझो सेटमा हराउँदै उपाधिसंगै १ लाख रुपैयाँ हात पारेको हो । उपविजेता रुकुमले ७५ र तेस्रो भएको दैलेखले ५० हजार रुपैयाँ हात पारेका छन् ।

आयोजक सामाजिक विकास मन्त्रालयले प्रतियोगितामा करिब ५५ लाख रुपैयाँ खर्च भएको जनाएको छ । यस्तै प्रतियोगितामा रुकुमका डायमण खड्का र महिला तर्फ कालिकोटका पवित्रा शाही उत्कृष्ट खेलाडी बन्नु भएको छ । उहाँहरुले समान ३ हजार ७ सय रुपैया पुरुस्कार हात पार्नुभएको छ । यसैबीच खेलको समापन गर्दै कर्णालीका आर्थिक मामिला तथा योजाना मन्त्री प्रकाश ज्वालाले यसक्षेत्रको खेलको विकासका लागि खेलुकुदमा लगानी गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले सिमित स्रोत र साधनका विच पनि कर्णालीमा खेलकुदमा राम्रो भएको भन्दै उहाँले खेलमैदानको विस्तार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कर्णालीका सामाजिक मन्त्री दल रावलले कर्णाली प्रदेशलाई खेलकुदको क्षेत्रबाट पहिचान गराउने भन्दै अव भौतिक संरचनाहरु निर्माण कार्य शुरु गर्ने बताउनुभयो । उहाँले आफहुरु खेलकुद सम्बन्धिको ऐन ल्याउन लागेको भन्दै आउदो आर्थिक बर्षदेखी अन्तर प्रदेश स्तरिय खेलकुद प्रतियोगिता संञ्चालन गरिने बताउनुभयो ।

समापन्न कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका खेलाडी खेलकर्मी लगायत विभिन्न क्षेत्रका पुमख एवम प्रतिनिधिहरुको सहभागित रहेको थियो।