
२४ चैत्र, सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले आज सामुहिक राजिनामा दिनु भएको छ ।
सर्बोच्च अदातलले माओवादी र एमालेको एकतालाई टुक्र्याइदिएपछि नेकपा एमाय्लेले माओवादी केन्द्रलाई दिएकाे समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामुहिक राजिनामा दिनु भएको हाे ।
सरकारमा सहभागी एमालेका तर्फबाट सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा याेजना मन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजिनामा पत्र बुझाउनु भएको छ ।
नेकपा विभाजनपछि एमालेले गत चैत्र ५ गते माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बाेलाउने निर्णय गरेकाे थियोे ।



Prawash Kumar Shakya । २४ चैत्र २०७७, मंगलवार १३:४४ बजे