पत्रिका बितरक (हकर)लाई ठक्कर दिएर स्कुटर चालक फरार


सामाचार संग मेल खाने तस्विर ।

असार ३, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर–११, तीनकुने चैकमा विहीबार विहान स्कुटी सवारले पत्रिका बितरक (हकर)लाई ठक्क दिदा हकरका दुईटा करङ भाचिएको छ । वीरेन्द्रनगरको खजुरादेखि घुस्रा जाँदै गरेका दैनिक पत्रिका वितरक मिलन ढेङ्गा मगरलाई पछाडि बाट आएको अज्ञात स्कुटी सवारले ठक्कर दिँदा मगरको छातीका दुईटा करङ भाचिएको छ ।
घाइते ‘हकर’ को स्थानीय देउती नर्सिङ्ग होममा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको पारिवारिक श्रोत्रले बताएका छन् ।

घाईते ‘हकर’ ढेङडा मगरको उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार दुईटा करङ भाँचिनुका साथै टाउँकोमा समेत सामान्य चोट लागेको छ । साईकिलमा सवार ‘हकर’ ढेङडामगरलाई तिब्र गतिमा मंगलगढी चैकबाट गईरहेको रातो कलरको भे ७ प–९०९२ नम्वरको स्कुटर सवारले पछाडिबाट ठक्कर दिएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले उक्त घटनाको निवेदन दर्ता भए पश्चात , फरार स्कुटी सवार चालकको खोजी कार्य भईरहेको बताएको छ ।