२९ चैत्र, सुर्खेत । कोरोनाका नयाँ संक्रमितहरु बढ्न थाले संग वीरेन्द्रनगर नगरपालिकाले नगर भित्र सञ्चालित विद्यालयहरुलाई सावधानीका साथ विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।
नगरपालिकाले विद्यालय संचालन गर्दा भौतिक दुरी कायम माक्स स्यानिटाइजर ह्याण्डवासको प्रयोग, हाफटाइम नगर्ने तथा खेलकूदजन्य कार्यक्रम नगर्न निर्देशनमा उल्लेख गरेको छ । साथै शौचालय तथा खानेपानीको प्रयोगमा उच्च सावधानी अपनाउन निर्देशन दिएको छ ।




Prawash Kumar Shakya । २९ चैत्र २०७७, आईतवार १६:२६ बजे