तर उनलाइ प्रहरीले समाउन सकेनन्। घटना भएको ४४ वर्ष सम्म उनलाइ प्रहरीले समाउन नसकेपछि उनलाइ लाग्यो अव मलाइ केहि हुदैन तर उनले विर्सेको भनेको अदालतको फैसलाको कार्यान्वन प्रहरी नायव उपरीक्षक दानवहादुर मल्लले ४४ वर्ष पछि गरे। घटना भएको ४५ वर्ष र अदालतले फैसला सुनाएको ३२ वर्ष पछि अर्थात यहि जेठ २ गते उनलाइ प्रहरीले पक्राउ गरेको छ।
३६ वर्षको युवा हुँदा घटेको घटनाको अपराधको सजायँ उनले ८० वर्षको उमेरमा भोग्न सुरु गरेका छन्। दण्डहिनताको अन्त्य गरि पीडितलाइ न्याय दिलाउन पुराना मुद्दा फैसलाहरु कार्यान्वयनमा आफुले सक्रिय सहयोग गर्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी दानवहादुर मल्लले वताए। उनले अपराध गर्नेहरु कहिले पनि सुरक्षित हुदैनन् भन्ने कुरा देखाउन आफुले पुराना घटनाका अपराधीहरुलाइ पक्राउ गरेर काननु कार्यान्वयनमा सहयोग गरेको वताए । थापा संगै ज्यान मुद्धामा जिल्ला अदालतवाट २०५४ साउन १५ गते ९ वर्ष १ महिना १६ दिन कैद सजाया पाएका भीमवहादुर कामीलाइ पनि प्रहरीले गत वैशाख १ गते पक्राउ गरि थुनामा राखेको छ ।
उनलाइ फैसला भएको १९ वर्ष पछि प्रहरीले पक्राउ गरेको हो। यस्तै प्रहरीले अदालतको फैसला पछि पनि भागेर हिडेका २० जनालाइ प्रकाउ गरि फैसला अनुसारको जरीवाना असुली तथा थुनामा राख्ने काम गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख मल्लका अनुसार वहुविवाह मुद्दाका २ जना, ज्यान मार्ने उद्योग २ जना, जवरजस्ती करणी मुद्दा १ जना, लुटपिट मुद्धाका ४ जना, सम्वन्ध विच्छेद मुद्धाका २ जना चोरी १ , गाली वेइज्जति १, सवारी ज्यान १ करकाप मुद्धा १ कुटपीट १ ज्यान मार्नृे २, पुरातात्वीक वस्तुको चोरी १ र रुपैया ठगी मुद्धाका १ जनालाइ पक्राउ गरिएको छ । यी मध्य जिल्ला अदालतको फैसला अनुसार ९ जनालाइ जेल चलान गरिएको र अन्यलाइ जरीवाना तिराएर छोडिएको प्रहरीले जनाएको छ । यसवाट उनीहरुले ९८ हजार १ सय १० रुपैया ५० पैसा जरीवाना तिरेको र सवैको जम्मा कैद ३२ वर्ष ७ महिना २३ दिन जेल सजायँ रहेको प्रहरीले जनाएको छ।
साभारः नागरिक अनलाइन



Prawash Kumar Shakya । २४ जेष्ठ २०७३, सोमबार १७:५१ बजे