काठमाडौं – सरकारी स्वामित्वमा रहेका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक सहित ८ ओटा वाणिज्य बैंकले आफ्नो नाफा एक अर्ब रुपैयाँ भन्दावढी पु¥याएका छन् । चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार ‘क’ वर्गका २९ वाणिज्य बैंक मध्ये ८ ओटाको नाफा एक अर्ब रुपैयाँ नाघेको हो ।
प्रतिवेदन अनुसार सवैभन्दा बढी नाफा कमाउने बैंक नबिल हो । नविलले यो अवधिमा २ अर्ब ५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । मुलुकमा विभिन्न स्थानमा ५२ ओटा शाखा मार्फत बैकिङ कारोवार संचालन गरिरहेको नविलले सरकारी स्वामित्वका बैंक भन्दा पनि वढी मुनाफा आर्जन गरेको छ । नविल पछि मुनाफा कमाउने दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक छ । इन्भेष्टमेन्टले एक अर्ब ८३ करोड नाफा कमाएको छ । यो बैंक पनि सरकारी स्वामित्वको बैंकभन्दा वढी नाफा कमाउनेमा देखिएको छ ।
बढी नाफा कमाउने तेस्रो बैंक भने नेपाल बैंक छ । नेपाल बैंकले पनि यो अवधिमा एक अर्ब ६४ करोड नाफा कमाउको छ भने सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ६१ करोड नाफा गरेको जनाएको छ । बैंकहरुले गरेको कर्जा प्रवाहका आधारमा यो मुनाफा गरेका हुन् । यस्तै, निजी क्षेत्रको अर्को हिमालयन बै.कले पनि एक अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ भने कृषि विकास बैकले एक अर्ब २१ करोड नाफा गरेको छ । विगतमा घाटामा देखिने गरेको यो बैंकको संचालन प्रक्रियामा भएको परिवर्तन र कर्जा प्रवाहमा आएको चुस्तताका कारण अहिले अर्बभन्दा वढी नाफा गरेको हो । एक अर्बभन्दा वढी नाफा कमाउने अन्य दुई बैंकमा एभरेष्ट र ग्लोवल आइएमई बैंक छन् । एभरेष्टले पनि यस अवधिमा एक अर्ब २० करोड नाफा गरेको छ भने ग्लोवल आइएमईले एक अर्ब ३ करोड नाफा कमाएको जनाएको छ ।

९ बैंकको नाफा ७० करोडभन्दा वढी
चालु आवको त्रैमासिक अवधिमा राम्रो नाफा कमाउने अन्य बैंकमा एसवीआई, स्ट्याण्डर्ड चार्टड, सिद्धार्थ, एनएमवी, एनआइसी, प्रभु, सिटिजन्स, प्राइम, एनवी, सानिमा छन् । यो अवधिमा एसवीआइले ९५ करोड, स्ट्याण्डर्ड चार्टडले ९० करोड ६७ लाख, सिद्धार्थले ८७ करोड ५७ लाख, एनएमवीले ७७ करोड ११ लाख, एनआइसीले ७५ करोड ९५ लाख, प्रभुले ७५ करोड ७८ लाख, सिटिजन्सले ७२ करोड ४७ लाख, प्राइमले ७० करोड ९५ लाख, एनवी ७० करोड, रुपैयाँ नाफा गरेका छन । यस्तै, सानिमाले ६७ करोड र माछापुच्छ«े बैंकले ६२ करोड ४२ लाख र सनराइज बैंकले ५८ करोड ८१ लाख रुपैयाँभन्दा वढी नाफा कमाएका छन् । यस अवधिमा २९ ओटा वाणिज्य बैंकले कुल २३ अर्ब ७८ करोड नाफा गरेका छन् । अघिल्लो आवमा यी बैंकको कुल नाफा २० अर्ब ५१ करोड रुपैयाँ थियो ।
साभारः रातोपाटी अनलाइन



Prawash Kumar Shakya । २३ जेष्ठ २०७३, आईतवार १५:२० बजे