जनताको सेवा गर्न कार्यकर्तालाई निर्देशन


मंसिर १२ सुर्खेत ।
कर्णाली प्रदेश सभाका सदस्य तथा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले जनताको सेवा गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशको विभिन्न जिल्लाहरुमा भ्रमणमा क्रममा नेता शाहीले काँग्रेस कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा काँग्रेस कार्यकर्तासँगको भेटमा नेता शाहीले जनताको सेवा गर्न निर्देशन दिए । उनले भने, ‘जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुस्’, ‘लोकतन्त्रमा सरकार भनेकै जनता हुन् । कुनैपनि आफु आवद्व संघसंस्था तथा आफ्नो क्षमताले भ्याएसम्म जनताको सेवामा सर्मपित हुनुस् ।’ कर्णालीको बिकासको लागि एनजुट हुनुपर्ने उनले बताए ।

नेता शाहीले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस सदैव अग्रसर हुने बताउदै पार्टीमा आवद्ध कार्यकर्ताहरुलाई संगठन बलियो बनाउनका लागि क्रियाशिलतामा थप प्रभावकारी बनाउन अनुरोध गरे । संगठन निर्माणमा स्थानीय कार्यकर्ताहरुको प्रभावकारी भुमिका रहने उनले धारणा व्यक्त गरे । स्थानीय कार्यकर्ताको जागरुपताले पार्टी बलियो बन्ने उनको धारणा थियो ।