डुङ्गेश्वर महोत्सव २०७६


डुङ्गेश्वर पर्यटन, खेलकुद तथा सांस्कृतिक महोत्सव २०७६को अवसरमा नाच्दै कार्यक्रमका प्रमुख अथिती एवंम् कर्णाली सभा सदस्य धर्मराज रेग्मी ।

मिलन श्रेष्ठ
माघ,१५ दैलेख । सांस्कृति र खेलकुदको संरक्षण गरौं,डुङ्गेश्वर खेलकुद तथा पर्यटन महोत्सव सफल पारौं भन्ने मूल नाराका साथ यहि माघ १५ गते बुधबार देखी डुङ्गेश्वर गाउपालिकाको डुङ्गेश्वर बजारमा संचालन भएको डुङ्गेश्वर पर्यटन, खेलकुद तथा सांस्कृतिक महोत्सव २०७६को अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अथिती एवंम् कर्णाली सभा सदस्य धर्मराज रेग्मीले उक्त कुरामा जोड दिनु भएको छ ।
रेग्मीका अनुशार डुङ्गेश्वरले जलयातायात र होम स्टेको सम्भावना बोकेको छ जसका लागी जनसहभागिताको आवश्यक रहेको छ । उहांले भन्न् भयो, कला सांस्कृति जगेर्नाका लागी जतिको स्थानिय सरकारको दायित्व रहेको छ, त्यसो भन्दा पनि बढी दायित्व स्थानियहरुको भएको हुदा बिकास निर्माणका कार्यहरुका मुख दर्शक मात्र भएर होईन कि हातमा हात मिलाएर अगि बढ्नु पर्ने पर्दछ ।

यसै गरी उद्घाटन कार्यक्रमका प्रमुख अथिती , बिशेष अथिती तथा अथितीहरुलाई लोक दोहोरी गायिका जानकी तारामीले छमछमि नचाउनु भएको छ ।उद्घाटन कार्यक्रम संचालन भईरहेको बेला आफ्नो कला प्रस्तुत गर्ने क्रममा कार्यक्रमका प्रमुख अथिती प्रमुख अथिती एवंम् कर्णाली सभा सदस्य धर्मराज रेग्मी, ब्यक्तिहरुलाई नचाएर स्टेज तताउनु भएको थियो ।
जब गायिका तारामीले आफ्नै स्वरमा गाउनु भएको ढाड दुखेर मरे बोलको गीत गाउनु भएको थियो महोत्सव हेर्ने आउने युवा÷युवतीहरु उहांको गीतलाई हौसला दिदी नाचेका थिए भने यता कार्यक्रममा आउनु भएको अतिथीग्रणहरु पनि गीत अनि दर्शकहरुका साथमा स्टेजमा नाच्नु भएको थियो ।

महोत्सब तीन दिन सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले गाउँपालिकामा रहेका स्थानीय कला संस्कृतिको प्रचार–प्रसार र संरक्षण गर्नुका साथै पर्यटकीय क्षेत्रहरूको प्रचार गर्नको लागि महोत्सव संचालन गरिएको जानकारी दिएका छन् । स्थानिय कला संस्कृतको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

आफ्नै आयोजना र खर्चमा डुङ्गेश्वर गाउँपालिकाले महोत्सब आयोजना गरेका हो । ‘स्थानिय कला संस्कृतिको संरक्षण गरौँ, डुङ्गेश्वर पर्यटन महोत्सव सफल पारौँ’ भन्ने मुल नाराका पर्यटन महोत्सव २०७६ सञ्चालन गरिएको हो ।

डुङ्गेश्वर गाउपालिका वडा नं.०६का वडा अध्यक्ष बमबहादुर बिसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गुराँस गाउँ कार्यपालिकाको कार्यालय,दैलेखका प्रशासकिय अधिकृत रामबहादुर वुढा लगाएतको आथित्यता रहेको कार्यक्रममा डुङ्गेश्वर गाउपालिका वडा नं.०२का वडा अध्यक्ष राजु केसिले स्वागत मन्तव्य व्यक्त गर्दे महोत्सब अवधीभर स्थानीय कला संस्कृति र स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने बताउनु भयो । डुङ्गेश्वर गाउपालिका वडा नं.०६ सचिव टंकप्रसाद न्यौपानेले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।