
११ कार्तिक सुर्खेत । सुर्खेत जिल्लाको सिम्ता गाँउपालिका वडा ९ खानीखोलाका २ गाउँ खानी र काँडासिम्तामा यस वर्ष देउसी- भैलो सम्बन्धी कुनै पनि कार्यक्रम गरिएको छैन।
कार्तिक ९ बाट नै तिहार शुरु भएको भएतापनी यस वर्ष भाइटिकाको पुर्वसन्ध्या सम्म आइसक्दा पनि कुनै समूह, संघ-संस्थाहरुले देउसी- भैलो आयोजना गरेनन ।
स्थानीय अगुवाहरू बयोवृद्ध हुँदै जाँदा पछिल्नो पुस्तामा लोक संस्कृतिको पुस्तान्तरण गर्न नसकिएका कारण यस्तो समस्या आएको स्थानीय अगुवा मदनबहादुर रानाक्षेत्री बताउनुहुन्छ ।
चाडवाड नआए जस्तो उराठ लाग्दो विगतमा कहिल्यै भएको थिएन स्थानीयवासी दुर्गबहादुर खत्रीले भन्नुभयो । “स्थानीय युवाहरुमा पनि कला संस्कृतिको जगेर्ना गर्नुपर्ने चेतनाको कमी हुँदै जानु पनि एक अर्को करण हो ।” -खत्री भन्नुहुन्छ । विगतमा बिभिन्न समुह्, संघ -संस्था सकृय रुपमा देउसी-भैलो कार्यक्रममा सहभागी हुने गर्थे हाल आएर युवापंक्तिले देउसी-भैलोप्रतिको मोह घटाउदै गएका कारण यसको अस्तित्व संकटमा पर्ने त होईन भन्ने गम्भिर प्रश्न खडा भएको स्थानिय युवा मिनबहादुर बस्नेत भन्नुहुन्छ ।
स्थानिय युवाहरुलाई समेटेर देउसी-भैलो जुटाउन खोजेको भए पनि भाईटिकाको दिन टिका लगाइसकेर खेल्ने कुरा भएको बस्नेत भन्नुहुन्छ । यस क्षेत्रमा विशेषगरी सिङ्गारु, सोरठी, मारुनी, हिउँपा,झ्याउरे,टप्पा आदी गीता-नृत्यहरु प्रचलनमा रहेका छन । स्था
गठन भएका क्लव्,संघ-संस्था, समुह्, राजनैतिक दल्, स्थानिय सरकार समेतले चासोका साथ कला संस्कृतिको जगेर्नाका लागी समयमा नै प्रयास नगरिए चाडवाडहरुको अस्तित्व संकटमा पर्न सक्ने देखिन्छ ।



Milan Shrestha । ११ कार्तिक २०७६, सोमबार १९:३९ बजे