
२५ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रो चरणको लहर तिब्रगतिमा बढी रहँदै गर्दा आज देखि यूवा संघ नेपाल सुर्खेतले पनि घुम्ती हेल्प डेक्स संचालन गरेको छ ।
न्यायप्रेमी यूवाहरु राष्ट्रिय यूवा संघमा सामाजिक परिवर्तन यूवाको काँधमा भन्ने मूल नाराका साथ स्थानीय मंगलगढी चोकबाट शुरु भएको डेक्सले वीरेन्द्रनगरका सोह्रैवटा वडाहरुमा आफ्नो सेवा सञ्चालन गरेको यूवा संघ नेपाल सुर्खेतका अध्यक्ष कमल खड्का जुनीले बताउनुभयो ।
कोरोनालाई परास्त गर्न सर्वप्रथम आत्मवल बलियो हुनुपर्ने बताउँदै अध्यक्ष खड्काले यो अवधीभरमा सुर्खेतको पूर्वी र पश्चिम क्षेत्रमा समेत हेल्प डेक्स संचालन गर्ने बताउनुभयो ।
डेक्सले सुरक्षाकर्मी, पत्रकार तथा बटुवाहरुलाई माक्स स्यानिटाजर बाडेको छ ।



Prawash Kumar Shakya । २५ बैशाख २०७८, शनिबार १८:१८ बजे