मिलन श्रेष्ठ
९,भदौ सुर्खेत । सामाजिक सुरक्षा र बचतको लागी वीमा गरौं, भन्ने उद्देश्यका साथ संचालन भएको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा सुर्खेतले बिरामीभई मृत्यु भएकी स्वर्गिय भिममाया गुरुङ्गको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नः५ चिसापानी निवासी गुरुङ्गको परिवारलाई बिमा रकम हस्तान्तरण गरिएको हो । उहांको मिति २०७८ साल भदौ ९ गतेका दिन बिरामीका कारण मृत्यु भएको थियो ।
गुरुङ्गले एशियन लाईफ ईन्स्योरेन्समा ४ लाख ७५ हजारको बीमा गर्नुभएको थियो । उहांको २०७८ साल भदौ ९ गतेका दिन निधन भएपछि शाखा सुर्खेतले बुधबार (आज) सामाजिक दुरि काएम राख्दै, एक कार्यक्रमका बिच रु ५ लाख ६१ हजार १ सय ७० रुपैयाको चेक उहांका श्रीमान प्रेम ध्वज मोक्तानलाइ हस्तान्तरण गरिएको एशियन लाईफ ईन्स्योरेन्स शाखा सुर्खेतकी बिजनेश म्यानेजर कोपिला थापाले जानकारी दिनुभयो ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनीको अभियान घरदैलोमै मृत्यु दाबि चेक हस्तान्तरण अन्तर्गत जस्तो सुकै परिस्थीतीमा पनि मृतकको घर आगनमै पुगेर मृत्यु दाबिको चेक हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत नै चेक हस्तान्तरण गरिएको कम्पनीले जानकारी दियो ।
कार्यक्रममा शाखा सुर्खेतका प्रबन्धक पारसमणि खनाल, अफिसर निर्मला पाठक , अभिकर्ता कोपिला थापा र मृतकका आफन्त र छरछिमेकीहरुको उपस्थित रहेको थियो .



Milan Shrestha । ९ भाद्र २०७८, बुधबार १७:४८ बजे