अभियानलाई सहयोग गर्ने क्रम जारी


२८ बैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कोभिड १९ का विरामिहरुकालागि अक्सिजन सिलिण्डरको चरम अभाव हुँदै गर्दा शुरु गरिएको “अक्सिजन सिलिण्डरकालागि मेरो १ हजार ” अभियानमा आज मेची-महाकाली बुहारी समूहले पनि सहयोग रकम हस्तान्तरण गरेको छ ।

समूहमा आवद्ध दिदिबहिनीहरु मिलेर अभियानकालागि २५ हजार रकम सहयोग गरेका अभियानका सदस्य मिलन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो यो अभियानमा देशविदेशबाट तमाम साथीहरु जोडिनुभएको छ सम्पूर्ण मनकारी मनहरुलाई हार्दिक नमन गर्दछु । “

पत्रकार सुदिप पुरीको नेतृत्वमा शुरु गरिएको अभियानमा पत्रकार मिलन श्रेष्ठ धर्मराज आचार्य खगेन पुरी र पत्रकार प्रवाश कुमार शाक्य रहनुभएको छ ।