
९ जेठ, सुर्खेत । कोरोना संक्रमणले ज्यान गएका विपन्न र आफन्तजन कोही नभएको शवको आज दाहासंस्कार गरेको छ ।
सुर्खेती कोभिड १९ सेल्फ हेल्फ समूह, मोटे ग्याङ्ग नेपाल तथा विवेकशिल साझा पार्टीका यूवाहरुको संक्रियतामा दाहासंस्कार गरिएको सेल्फ हेल्प समूहका सदस्य धर्मराज आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “विवेकशिल साझा पार्टी सुर्खेतका संयोजक अनिल ढकाल जीले सल्यानका एकजनाको शव दाहासंस्कार गर्न कोहीनभएकोले आग्रह गर्नुभयो र हामीसबै यूवा साथीहरु मिलेर आज दाहासंस्कार गर्यौ जस्कालागि राष्ट्रिय यूवा संघ नेपाल सुर्खेतका अध्यक्ष कमल खड्का जुनीले आर्थिक सहयोग गर्नुभएको थियो ।”
त्यस्तै विवेकशिल साझा पार्टी सुर्खेतका संयोजक अनिल ढकाल भन्नुहुन्छ “कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणले मृत्युभएकाहरुलाई दिइने १ लाखबाट बरु १० हजार घटाएर भएपनि दाउरा बैक स्थापना गरेर सहज बनाउनुपर्छ । सरकार अरबौ रुपैया चुनावमा खर्च गर्न सक्छ तर घाट व्यवस्थापन गर्न नसकेकोले घाट व्यवस्थापन गर्न आग्रह गर्दछु ।”




Prawash Kumar Shakya । ९ जेष्ठ २०७८, आईतवार १९:४२ बजे