असार २०७३, अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शवसँगै २४ जना पनि आएका छन् ।
सरकारले बुधबार बिहान पठाएको नेपाल एयरलाइन्सको चार्टर विमानबाट २४ नेपाली पनि आएका हुन् । परारष्ट्र मन्त्रालयले फर्कन चाहने नेपालीका लागि विमानमा आउन सुविधा दिएको थियो ।
फर्किएकामध्ये सबैभन्दा बढी नुवाकोटका ९ जना छन् भने फर्किएकाहरुले अब पुनः अफगानिस्तान नजाने बताए ।



Milan Shrestha । ९ असार २०७३, बिहीबार ०४:११ बजे