झुप्राका विपन्न समुदायलाई राहत वितरण (भिडियोसहित)


१४ जेठ, सुर्खेत । कोरोना भाइरसको दोश्रो चरणले देश निषेधाज्ञामा भएर विपन्न वर्गलाई जीविका धान्न गाह्रो भैरहेको अवस्थामा आज कर्णाली प्रदेश राजधानी सुर्खेत जिल्लाको झुप्रामा रहेका २० घर परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

झुप्रामा रहेका विपन्न परिवारलाई रामजानकी सेवा समाज सुर्खेत मार्फत जिपी (गिरिजाप्रसाद कोइराला) फाउण्डेसनका सदस्य डा. रेणु शर्माले खाद्यान्न सहयोग गर्नुभएको हो ।

समाजका अध्यक्ष गणेश कुमार पन्तले कोरोनाको पहिलो चरणले नेपाली जनता थलिएर उठ्न नपाउँदै कोरोनाको दोश्रो भेरियन्टले फेरी रोग भोग र शोकले ग्रस्त भएको महसुस गर्दै राहत वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘रोग त चिकित्सकहरुले उपचार गरिदिने अवस्था छ तर भोकले आम नेपाली जनतालाई समस्या निम्त्याएको छ यही समस्यालाई मध्यनजर गर्दै केही राहत वितरण गरेका छौं ।’

कार्यक्रममा चिकित्सक रेणु शर्माका बुवा प्रेम शर्माले छोरीले भरखरै चिकित्सक भएर जागिर खाएपछिको पारिश्रमिकले छोरी इच्छा अनुसार राहत वितरण गरिएको बताउनुभयो ।

https://www.youtube.com/watch?v=NX7mQXPp91Q&t=8s