
अविरल ढकाल,
जुम्ला, वैशाख २३
कर्णाली प्रदेशको स्वास्थ्यको धरोहर मानिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले स्वास्थ्य सेवा दिनथालेको सात वर्ष सम्म पनि फार्मेसी सञ्चालनमा ल्याउन नसक्दा विरामीहरुले नीजि मेडिकल र फार्मेसी बाट मंहगो मूल्य हालेर औषधी किन्दै आएका छन् । तीन सय शैयाको अत्याद्युनिक अस्पताल सञ्चालनमा ल्याएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रवाहकारी सेवादिन नसकेको नागरिकले गुनासो गरेका छन् ।
प्रतिष्ठानका निर्देशक डाक्टर धर्मराज गोसाईले पटक–पटक प्रतिष्ठानले आफ्नै फार्मेसी संञ्चालनमा ल्याउन भने पनि हाल सम्म फार्मेसी संचालनमा नल्याउदा विरामीहरुले निजी मेडिकल बाट मंहगो मूल्य तिरेर औषध किन्न बाध्य भएकाछन् । गोसाई संगको फोन सम्र्पकमा, गोसाईले वैशाख १० गते नै फार्मेसी सञ्चालनमा आएको र औपचारिक रुपमा उद्घाटन हुन मात्र बाँकी रहेको समेत बताए तर हाल सेवा दिन त परै जाओस् प्रतिष्ठानको नीजि फार्मेसी सञ्चालनमा आएको छैन । प्रतिष्ठानको जिम्मेवार व्यक्तिले नै नागरिकलाई फार्मेसी सञ्चालनमा आएको भनेर भ्रम मात्र फैलाएको नागरिकले बताएका छन् ।
एकातिर प्रतिष्ठानले फार्मेसी संचालनमा नल्याउँदा विरामीले निजि मेडिकल बाट मंहगो मूल्य हालेर औषधी किन्नु पर्छ भने अर्काे तिर बिल काट्नको लागि तीन देखि चार घण्टा कुर्नु पर्नै बाध्यता रहेको विरामीका आफन्त नन्दबहादुर गुरुङ्गले बताए । डाक्टर आफैले भन्ने गर्छन्, विरामीलाई हेर चाहा गर्ने व्यक्तिले गरेको असल व्यवहार तथा मिठास पूर्ण बोलीले आधा रोग निको हुन्छ तर प्रतिष्ठानमा कार्यरत कर्मचारीले नै विरामीलाई दुरव्यवहार गर्ने गरेको विरामीका आफन्तले बताएका छन् । चार घण्टा कुराएपनि ठिक छ तर प्रतिष्ठानका कर्मचारीले प्रयोग गर्ने भाषाको शैली सार्वजनिक स्थानमा बोल्नको लागि उपयुक्त छैन् । यस्तो भाषा त गाँउ घरको अनपढ अशिीक्षत व्यक्तिले समेत गर्दैन गुरुङ्गले भने । यता विल काउन्टरले समयमा विल काट्दैन उता डाक्टरले समयमा औषधी ल्याउनुस् भन्छन्, यो कस्ता विडम्वना हो, विरामी शैयामा औषधी विना छट्पटाई रहेको गुरुङ्गले आखा बाट आाशु पुज्दै बताए ।
शुल्कभने प्रतिष्ठानले ढाड नै सेक्ने गरी असुल्ने गरेको छ तर सेवाभने गुणस्तरको छैन । पाँच घण्टा देखि बिल काट्न कुरेको अझै विल काउन्टरले बिल काट्न मानेको छैन । विरामी अस्पतालको शैयामा नै छट्पटाई रहेका ेअर्काे विरामीका आफन्त राजकली गिरीले बतार्ईन । किनविल काट्नमा ढिला सुस्तीभन्दा प्रतिष्ठानले सफ्टोयरले काम नगरेको कारणले विल काट्नमा ढिलाई भएको जानकारी दिएको छ ।
सातवर्ष सम्मफार्मेसी सञ्चालनमा नआउनु भनेको प्रतिष्ठानको ठुलो कमजोरी हो, तर अवविरामीहरुको समस्यालाई मध्यनजर गरि प्रतिष्ठानले दुई हप्ताभित्र नै आफ्नै फार्मेसी सञ्चालनमा आउने गृहकार्य गरिरहेको प्रतिष्ठानका मेडिकल निर्देशक डा. पुजनकुमार रोकायाले बताए ।
यता प्रतिष्ठानमा भएको फार्मेसीको कोठामा पानी जमेको छ तर संचालनमा छैन । प्रतिष्ठानका निर्देशकलाई फोन गर्दा प्रतिष्ठानको फार्मेसी संचालनमा आएको बताउनु भयो तर प्रतिष्ठानको फार्मेसी संचालनमा आएको छैन । गोसाईको बोलीमात्र प्रतिष्ठानको फार्मेसी संचालन आएको छ तर यर्थाथमा भन्दा प्रतिष्ठान संचालन आएको छैन । विरामीहरु निजिफार्मसी र नीजि मेडिकल बाट मंहगो मूल्यतिरेर औषधी किन्न बाध्ये भएपनि यस प्रति सरोकारवालाहरु लाटाले पापा हेरेको जस्तै हेरेर बसेका छन ।



Milan Shrestha । २४ बैशाख २०७५, सोमबार ०९:०४ बजे