सुर्खेतमा खुकुलो पारिएको निषेधाज्ञा असार ३१ सम्म लम्वियो


२५ कोरोनाको दोश्रो भेरियन्ट भेटिएपछि जारी निषेधाज्ञा खुकुलो पारि भोली असार २६ गते सम्म लगाइएको निषेधाज्ञालाई असार ३१ गते सम्मकालागि थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा आज जारी सूचनामा निषेधाज्ञा यही असार ३१ गते सम्म थप गरिएको हो । यसैवीच केही दिन यता पुनः कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै बताइएको छ । अन्य प्रदेश भन्दा कर्णाली प्रदेशमा संक्रमितको संख्या बढेको बताइएको हो ।