देउतीबज्यै मन्दिर परिसरमा बृक्षारोपण


१६ भाद्र, सुर्खेत ।  कर्णाली प्रदेशमा रहेको शक्तिकी देवी श्रीगंगामाला देउती बज्यै मन्दिर परिसर आज सरसफाई र बृक्षारोपण गरिएको छ ।

नगरभित्र लघुवित्त संस्थाका कर्मचारीहरुको संगठन वीरेन्द्रनगर लघुवित्त कर्मचारी मञ्चले मन्दिर परिसरमा सरसफाई र बृक्षारोपण गरेको हो । मञ्च अध्यक्ष मानबहादुर राना (मन्दिप) का अनुसार नजिकै गरेको हिन्दुहरुको महानचाडपर्वलाई लक्षित गरि मन्दिर परिसरको सरसफाईका साथै हजारी फूलको विरुवा रोपिएको हो । साथै फोहोर संकलन गर्नकालागि डस्टविन पनि राखिएको छ ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका १० नंम्बर वडाका वडा अध्यक्ष डिलबहादुर रखाले वडा भित्र गरिने हरेक सामाजिक कृयाकलापहरुमा वडा सहकार्य रहने बताउनुभयो ।