१४ असार, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुस्लिस समुदायको पर्व इद उल अज्हा (बकर इद) को शुभकामना दिनुभएको छ ।
प्रदेश प्रमुख परियारले एक शुभकामना सन्देश जारी गर्दै कर्णाली वासी, देश तथा विदेशमा सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्नुभएको हो । सन्देशमा आपसी रिस राग र द्वेषलाई विर्सेर एकआपसमा खुसीका साथ पर्व मनाउने गरेको उल्लेख छ ।
यस पर्वमा नेपाली वीच सद्भाव र सहिष्णुता अभिबृद्धि गर्दै सभ्य समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस भन्ने शुभकामना प्रकट गर्दछु भनी सन्देशमा उल्लेख गरिएको छ ।




Prawash Kumar Shakya । १४ असार २०८०, बिहीबार ०७:२० बजे