
७ भाद्र, सुर्खेत । कालिकोटका नरहरिनाथ गाउँपालकाका पहिरो पिडितहरुकालागि नेपाली चलचित्रका अहिलेका चकलेटी नायक पल शाहले राहत सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
पल शाह प्रतिष्ठानबाट नायक शाहले कालिकोटको नरहरिनाथ गाउँपालिकामा नै पुगेर राहत सामाग्री (सिरक, डसना तथा खाद्य) वितरण गर्नुभएको हो ।
प्रतिष्ठानले हाम्रो टिम नेपाल को सहकार्यमा हिजो ६ गते नरहरिनाथ गाउँपालिकामा १५ जना लाई र आज विच बाटो मै २५ जनालाई राहत सामाग्री वितरण गरेको छ । प्रतिष्ठानलाई सामाजिक सञ्जाल फेसबुकको समूह मोटे ग्याङ्ग नेपालले पनि सहयोग गरेको छ समूहले झुल ५० थान मन्जन ६० थान दाँत माझ्ने ब्रस ६० थान तौलिया ६० थान र तेल १२० पाकेट सहयोग गरेको समूहका एडमिन कुमार शम्सेर थापाले जानकारी दिनुभयो ।
प्रतिष्ठानको यस कार्यमा सहयोग गर्ने कर्णाली प्रदेश सरकार, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रमुख बसन्त पन्त, महानगरिय प्रहरी प्रमुख विश्वराज पोखरेल, कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रकाश गैरे जिल्ला प्रहरी कार्यालय कालिकोटका डिसपी खेमबाबु बलियालाई नायक पल शाहले धन्यवाद व्यक्त गर्नुभयो ।




Prawash Kumar Shakya । ७ भाद्र २०७७, आईतवार २०:०२ बजे