पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ६७१४ जना संक्रमित


१२ जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण पछिल्लो चौविस घण्टामा संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले देशभर थप ६ हजार ७१४ जना कोरोना संक्रमण देखिएको बताउनुभयो । उहाँले यही अवधीमा ६ हजार ७१६ जना कोरोना मुक्त भएको जानकारी दिनुभयो । यस्तै १४५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

यस्तै कर्णाली प्रदेशमा पछिल्लो चौविस घण्टामा पिसिआरबाट २ सय १८ र एन्टिजेनबाट १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । यसैअवधीमा ३ सय ६९ जना डिस्चार्ज हुनुभएको छ भने ४ जनाको ज्यान ज्यान गएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।