बाँकेलाई तत्काल ‘पब्लिक हेल्थ इमर्जेन्सी ’ घोषणा गर्नुपर्छ : अध्यक्ष न्यौपाने


२७ बैशाख, बाँके । बाँके कोरोना संक्रमणको उच्च जोखिममा छ । यहाँका हरेक घर, टोल, समाज र गाउँ कोरोनामय छन । कोरोना रोकथाम तथा नागरिकलाई रोगबाट बचाउँनका लागि अब बाँकेलाई तत्काल ‘पब्लिक हेल्थ इमर्जेन्सी ’ घोषणा गर्नुपर्ने देखिएको छ ।

कोरोना कहर र मिडियाको भूमिका बिषयक एक संवादमा अनलाइन पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष कमल न्यौपानेले बाँके कोरोनाका कारण तहसनहस भैसकेको कारण तत्काल ‘पब्लिक हेल्थ इमर्जेन्सी ’ घोषणा गर्नुपर्ने बताउनु भएको छ ।

उहांले बाँके स्थित जिल्ला कोरोना विपद व्यवस्थापन समिति, बाँके सिडिओ, स्थानीयसँगै प्रदेश तथा संघीय जनप्रतिनिधीलाई सुझाव दिदैं ‘पब्लिक हेल्थ इमर्जेन्सी ’ घोषणा नै अबको विकल्प भएको भन्नुभयो ।

अध्यक्ष न्यौपानेले अति संवेदनशिल यो अबस्थामा व्यक्तिगत स्वार्थका पछि नलागी आम बाँकेबासीको हितका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भएको छ ।

संवादमा अध्यक्ष न्यौपानेले भौकाल मच्चाउने नाममा विभिन्न अनलाइनमा वायत समाचार प्रकाशित भएको स्वास्थ्यकर्मीबाट गुनासो आएकाले अनलाइन मिडियाले यस्तो समाचर तत्काल रोक्न र कोरोना रोकथाका लागि स्वास्थ्यकर्मीको मनोबल अभिबृद्धि हुने खालका समाचार सम्प्रेषण गर्न पनि उहांले आग्रह गर्नुभयो ।

अहिले पानदेखि जुत्ताचप्पल हुँदै खुद्रा पसलमा समेत मास्क, सेनिटाइजर लगायतका बस्तुको विक्रि वितरण भैरहेको छ । दुईदेखि पाँच रूपैयाँमा पाउने मास्कको मुल्य छोइनसक्नु छ ।

यसैले बजार अनुगमनमा पनि तत्काल ध्यान दिन जरूरी देखिएको संवादमा सहभागी सन्चारकर्मी र नागरिक समाजका अगुवाहरूले बताएका छन ।

बाँकेमा कोरोना भाइरसले तहल्का मच्चाइरहेको छ । समग्र बाँके हटस्पट बनिसकेको छ । बाँके प्रशासनले नेपालगन्जमा मात्रै लकडाउन गरेको छ । सात वटा स्थानीय तह खुल्लै छन । भारतबाट नेपाल आउने नागरिकको सीमामा प्रत्येक दिन उत्तिकै भीड छ ।

सीमा सिल गरिएको छैन । यसबारे बाँके सिडिओ शिवराम गेलाल लगायत सम्बन्धीत निकाय उदासीन छन । नागरिक संक्रमणको जोखिम खेपी रहेको सहभागी बताउँछन् ।