मंगलगढी-काँक्रेबिहार गौरवको आयोजना भएको हुँदा नामाकरण गरिएको हो, हामीले कसैलाई पनि झुक्काएका छैनौः वडा अध्यक्ष मानन्धर (भिडियो सहित)


१४ माघ, सुर्खेत । सुर्खेत जिल्ला कै पर्यटकिए, ऐतिहासिक एवंम् धार्मिक महत्व बोकेको वडाको नामले चिनिने वीरेन्द्रनगर नगरपालिका वडा न‌ं. ९ लाटिकोईलीको मंगलगढी देखि सत्यनारायण मन्दिर हुदै शिब मन्दिर सम्म निर्माण हुन लागेको मंगलगढी-काँक्रेबिहार सडक निर्माण योजनाको नामले नामाकरण गरिएको उदाहरणीय सडक निर्माण हेतु प्रत्यक्ष सरोकारवाला निकाए र सम्बन्धित सडक संग जोडिएका स्थानियहरु संगको अन्तरक्रिया कार्यक्रममा ९ नं. वडाका वडा अध्यक्षले उक्त कुरा बताउनु भएको हो ।

अध्यक्ष मानन्धरका अनु;fर जिल्लालाई नै चिनाउने ऐतिहासिक काँक्रेबिहारको नामाकरण गरि योजनाहरु निर्माण गर्दा सिंगो जिल्लाको पहिचान हुनुका साथै राष्ट्रिय  ठुला योजनाहरु सहजै रुपमा ल्याउन सकिने भएको हुँदा यो योजनाको नामाकरण पनि त्यसरि नै गरिएको हो । मानन्धरले थप्नु भयो कि, यसरी नामाकरण गरिएको योजना विपरित गई कुनै पनि कार्य गर्न नलागिएको र त्यस्तो कार्य कुनै पनि अवस्थामा नहुने भएको हुँदा उपस्थित सर्वसाधारण र सरोकारवाला हजुरलाई योजनाको नाममा मात्र दिनु भन्दा पनि योजनाको उद्देश्य र कार्य योजना कसरी बनाएको छ उक्त बिषयलाई राम्रो संग अध्ययन गरि ढुक्क भएर बस्नु होस् ।

https://www.youtube.com/watch?v=VBBQCqtbsuc