कर्णालीका नवनियुक्त मन्त्री लामालाई कामकाजमा रोकलगाउन गर्दै रिट दायर


२ फागुन, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय कानुन सङ्कायमा अध्ययनरत विद्यार्थी विनिता बोगटी कर्णाली प्रदेश सरकार विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गर्नुभएको छ ।

बोगटीले कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्दुल (कार्चेन) लामा कानुन बमाेजि मन्त्री हुन अयाेग्य रहेकाे दावी गर्दै रिट दायर गर्नुभएको हो ।

रिटमा बोगटीले प्रदेश प्रमुख कार्यालय, कर्णाली प्रदेश, प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालय कर्णाली प्रदेश, कर्णाली प्रदेशका मुख्यमन्त्री, कर्णाली प्रदेशका नवनियुक्त पर्यटन मन्त्री छिरिङ डा्डुल लामा (कार्चेन लामा) र कर्णाली प्रदेश सभालाई विपक्षी बनाउनुभएको छ ।

बोगटीले भन्नुभयो “अनुसार प्रदेश सभामा १३ जना महिला सासंद छँदाछदै एउटा पनि महिलालाई समावेश नगरेकाे र नैतिक पतन देखिने फाैजदारी कसुरमा सजाय पाई त्यस्को फैसला अन्तिम भएको अवस्थामा प्रदेश सभा सदस्य निर्वाचन ऐन ,२०७४ काे दफा १३ बमाेजिम प्रदेश सभाकाे सदस्यको निर्वाचनमा उम्मेदवार हुन नपाउने अयोग्य व्यक्तिलाई समेत गरिमामय मन्त्री पदमा सिफारिस तथा नियुक्त गरिनु लाेकतन्त्र तथा कानुनी राज्यकाे उपहास हाे ।”

रिट निवेदन मंगलबार हुने एकल इजलासमा पेश गरिने उच्च अदालत सुर्खेतले जनाएको छ ।