सुर्खेत महिला जेसीजले दियो विद्यार्थीलाई आत्मसुरक्षा तालिम


१३ फागुन, सुर्खेत । सुर्खेत महिला जेसीज वर्ष २०२२ले आज १ दिने आत्मसुरक्षा तालिम सम्पन्न गरेको छ ।

आउँदै गरेको नारी दिवसको अवसर वीरेन्द्रनगर ४ भैरवस्थानमा रहेको भैरव माध्यमिकमा १ दिने आत्मसुरक्षा तालिम सञ्चालन गरेको हो । सुर्खेत महिला जेसीज वर्ष २०१३ का अध्यक्ष ज्योति कार्की पौडेलको प्रमुख अतिथी तथा अतिथीमा विद्यालयका शिक्षक रमेश गौतम रहनुभएको कार्यक्रमको अध्यक्षता बर्ष २०२२ का अध्यक्ष मनिषा कौशलले गर्नुभएको थियो ।

कार्यक्रममा ४० विद्यार्थी छात्राहरुको सहभागिता रहेको थियोभने तालिमको प्रशिक्षण आठौं साफ खेलकूदमा सितेरियो कराँते तर्फ स्वर्णपदक विजेता ब्ल्याकबेल्ट ४ डन सोना थापाले दिनुभएको थियो ।