मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


फोटोः नेपालीरैवार

८ बैशाख, सुर्खेत । स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा आज  कर्णाली प्रदेशका १० वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालय, सुर्खेतले निर्वाचन कार्यतालिका अनुसार आज जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

त्यस्तै बाँकी स्थानीय तहहरुमा भने निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताउनुभयो ।

प्रदेश राजधाी सुर्खेतको वीरेन्द्रनगरमा रहेको जल तथा मौसम विज्ञान कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।