
४ चैत्र, सुर्खेत । कर्णालीमा यसपटक होली पर्व धुमधामका साथ मनाइएको छ । सामाजिक न्यायकालागि आवाज बुलन्द पार्न गठित कर्णाली स्वयंसेवक दलको आयोजनामा “होली मिलन उत्सव २०७८” वीरेन्द्रनगर सुर्खेतको स्थानीय खुला मञ्चमा मनाएको हो ।
कोरोना महामारीका कारण २ बर्ष सम्म स्थगीत रहेको होली यसपटक सबैजना एकैठाँउमा भेला भएर आत्मियता सद्भाव साटासाट गर्नकालागि पनि हामीले होली मिलन उत्सवको आयोजना गरेका हौं । दलका उपाध्यक्ष एवं कार्यवहाक अध्यक्ष लक्ष्मण कँडेलले भन्नुभयो ।
कार्यक्रममा साइकल स्टन्ट, डान्स फिवर ऐकेडेमीबाट जुम्बा डान्स, राष्ट्रिय लोकदोहरी गीत प्रतिष्ठानका कलाकारहरुको नृत्य, स्थानीय यूवाहरुकोहरुको समूह Avi & Anil Team तथा Bloom’s Band को लाइभ कन्सर्ट, गम्भीर शाहीको र्रयाप गीत, रेशम नेपकिङ्गको नृत्य तथा कर्णाली हुड्के नाच प्रस्तुत गरिएको थियो । कला संस्कृति प्रतिष्ठान नेपालका कलाकारहरु नृत्य रहेको कर्णाली हुड्के नृत्य अत्याधिक रुचाइएको थियो । सहआयोजकमा सामाजिक सञ्जाल फेसबुकको समूह मोटे ग्याङ्ग नेपाल रहेको थियो ।




Prawash Kumar Shakya । ४ चैत्र २०७८, शुक्रबार ०८:३१ बजे