एमालेका वडा सचिव सुनार काँग्रेसमा प्रवेश


२७ बैशाख, सुर्खेत । नेकपा एमाले वीरेन्द्रनगर नगरपालिका ६ नं. वडाका वडासचिव मोती सुनारले आज पार्टी परित्याग गर्नुभएको छ ।

सुनार एमाले पार्टी परित्याग गर्दै नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको हो । सुनारलाई काँग्रेसका उपसभापती पूर्णबहादुर खड्काले पार्टीमा स्वागत गर्दै राजनितिक भविष्य सफलताको कामना गर्नुभयो ।

कार्यक्रममा सुनारलाई नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री निरन्जन के.सी., वडा सभापति एवं वडा नम्बर ६ का अध्यक्षका उम्मेदवार जनक रावल लगायतले अबिर खादा सहित स्वागत गर्नुभएको थियो । सुनारले नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफू निरन्तर जनताको सेवामा लाग्ने बताउनु भएको छ ।