सुर्खेत उद्योग वाणिज्य संघको पुन: निर्वाचन कार्यतालिका सार्वजनिक


२६ चैत्र, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले आज आफ्नो पुनः निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

यहि चैत्र २६ गतेलाई तय भएको निर्वाचनमा असन्तुष्ट व्यवसायीहरुले उच्च अदालत सुर्खेतमा निर्वाचन स्थगितकालागि अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेपछि निर्वाचन स्थगित भएको थियो । रिट माथी उच्च अदालतले अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएपछि संघले पुनः निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

संघको निर्वाचन अब यही २०७९ बैशाख ४ गते हुने भएको छ ।