६ कात्तिक
संघिय सरकारले अनुमती दियो भने सर्खेतमा रिङ्गरोड र सुर्खेत देखि बर्दिया सम्मको सुरुङ्गमार्ग तिब्बत सरकारले बनाइ दिने भएको छ ।
१० दिन् तिब्बत भ्रमण सकेर स्वदेश फर्केपछी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही ले सो कुरा बताउनु भयो ।
तिब्बतका बिभिन्न प्रदेशहरुमा गरिएको भ्रमण सुखद, फलदायी र महत्वपूर्ण रहेको र उहाँले बताउनु भयो । तिब्बत सरकारले हिमालयसंग जोडिएका बिभिन्न देशहरुको सहभागीतामा बिआरआइ सम्बन्धि ३ दिने कार्यक्रमको आयोजना गरेको थियो । त्यो कार्यक्रममा बंगलादेश, नेपाल, पाकिस्तान,म्यान्मार, मंगोलीया लगायतका देशका मन्त्री, मुख्यमन्त्री लगायतका सरकारका प्रतिनिधिहरुको सभागीता थियो । त्यही कार्यक्रममा सहभागी हुन मुख्य मन्त्री शाही असोज २७ गते तिब्बतको भ्रमणमा जानु भएको थीयो ।
तिब्बतका बिभिन्न शहरमा भएका विकास पूर्वाधार सम्बन्धि भौतिक संरचनाहरुको अवलोकन गरी । सान्ताउ र छिन्ताओ (तिब्बतका शहरहरु)को पनि बभ्रमणका क्रममा ती शहरहरु विश्वमै विकासमा मोडल भएको बताउदै कर्णाली प्रदेशको राजधानी सुर्खेतको रिङरोड र सुर्खेतदेखि बर्दियासम्मको टनेल मार्गको निःशुल्क सर्वे गरिदिन त्यहाँको सरकारसंग छलफलका क्रममा अनुरोध गरेको र यो बिषयमा त्यहाँको सरकार सकारात्मक भएको बताउनु भयो । यस बिषयमा वातावरण बनाएर संघीय सरकारले अनुमति दियो भने त्यहाँको सरकारको लगानीमा रिङरोड बनाउने भन्ने कुरा भएको छ । त्यस्तै सुर्खेत बर्दिया सुरुङ मार्गको बिषयमा पनि छलफल भयो । त्यो पनि सकारात्मक भएको पनी जानकारी दिनुभयो ।
तिब्बतको सान्ताउ प्रदेश विश्वकै मोडल विकास भएको प्रदेश भएको हुनाले त्यहाँ बनेका सडक पुल पुलेसा र त्यसपछि समुन्द्र भित्र टनेल बनाएर सडक बनाएको, एकिकृत बस्ती विकास पनि त्यहाँ गरिएको रैछ , हामीले जो कर्णालीमा गर्ने भेनेका छौं । त्यो कसरी संभव भएको रैछ भन्ने बारेमा पनि अध्ययन र अवलोकन गर्ने काम भयो । उनीहरुले एकिकृत बस्तीको विकास गर्न धेरै राम्रा घरहरु बनाएका रैछन् त्यो तिब्बत, सिचुवान प्रान्तमा पनि हेरियो । र छिन्ताओमा पनि हेरियो एकिकृत बस्ती विकासको मोडल । एकिकृत बस्ती विकासको बारेमा संघीय सरकारले अनुमति दिएमा र सम्झौता गर्ने स्थिति बनेमा बनाईदिन सक्छौं भन्ने तरीकाले त्यहाँका कम्पनिहरुले इच्छा देखाएका छन् । यो कर्णाली प्रदेशमा एकिकृत बस्ती विकास आवश्यक पनि छ । यस बिषयमा कसरी, कुन मोडलमा काम गर्ने भन्ने कुराको वातावरण बन्यो भने त्यहाँको सरकारले आफ्नो अनुभव सहित हाम्रो प्रदेशमा काम गर्ने इच्छा देखाएको छ । संघीय सरकारले त्यसको अनुमति दिनुपर्छ । हामीले बाताबरण बनायौं भने संघीय सरकारले अनुमति दिएमा त्यो सम्भव पनि छ ।
प्रदेशले किन गर्न नसक्ने भन्ने प्रशनमा उहाँले भन्नुभयो प्रदेशले त डाइरेक्ट सम्झौता गर्न मिल्दैन । अर्को महत्वपूर्ण कुरा कर्णाली प्रदेश र सान्ताउ प्रदेशबीच भगीन सम्बन्ध बनाउने बारेमा कुराकानी भएको छ । यो पनि संघीय सरकारले अनुमति दिएमा संभव छ । हामीले बाताबरण बनाउने हो । त्यो भएन भने पनि बिरेन्द्रनगर र त्यहाँको सान्ताउ सिटीबीच भगीनि शहरको सम्बन्ध बनाउने कुराको पनि छलफल भयो । –अन्तिम र महत्वपूर्ण कुरा तिब्बतका बिभिन्न कम्पनिहरुसंग कर्णाली प्रदेशमा लगानी गर्ने बिषयमा कुराकानी भयो । उनीहरुको चासो पर्यटन, पूर्वाधार, कृषी, एकिकृत बस्ती विकास र जडिबुटीमा रह्यो । यिनै कुराहरु झण्डै १० दिने भ्रमणका महत्वपूर्ण उपलब्धी हुन् भन्दै मुख्य मन्त्री शाहीले समग्रमा भर्मण सफल भएको र यस्का लागी तिब्बत सरकारलाइ पनी धन्यवाद ज्ञापन गर्नु भयो ।



Milan Shrestha । ६ कार्तिक २०७६, बुधबार १७:४४ बजे