२१ जेठ, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले “जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस” को शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।
सन्देशमा प्रदेश प्रमुख परियारले “जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा कर्णाली प्रदेशवासी लगायत स्वदेश र विदेशमा रहनुभएका सम्पुर्ण दिदीबहिनी तथा दाजुभाईहरूमा सु–स्वास्थ्य दिर्घायु उत्तरोत्तर प्रगतिका लागी हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल यतिबेला लामो संघर्षबाट प्राप्त गणतन्त्र,संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता, धार्मिक, सा“स्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको छ ।
हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर मुलुक हो । नेपालको इतिहास सिंहालोकन गर्दा वणँश्रम जात व्यवस्था र वि.सं.१९१० को मुलुकी ऐन नै विभेद तथा जातिय छुवाछुतको मुल आधार बनेको थियो । सशस्त्र युद्ध र १९ दिने शान्तिपुर्ण जनआन्दोलनले सामन्ति राजतन्त्रात्मक सत्तालाई विस्थापित गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरिदियो ।
नेपाल सरकारले वि.सं. २०६३ जेष्ठ २१ गते जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा गर्यो तसर्थ हरेक बर्ष जेष्ठ २१ गतेलाई जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका रुपमा मनाउने गरिएको छ । विविध जातजाति र धर्म संस्कृति बीचको एकता नै हाम्रो समाजको विशेषता हो नेपालमा जातिय छुवाछुत,उत्पीडन र विभेदको अन्त्यय गर्न संवैधानिक राष्ट्रिय दलित आयोगले निरन्तर निगरानी गरिरहेको छ । जातिय तथा अन्य भेदभाव अन्त्य गर्न नेपालको संविधानको धारा २४ को (१) मा निजि तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन र धारा ४० मा दलित हक सम्बन्धि व्यवस्था गरिएको छ। जातिय भेदभाव तथा छुवाछुत राष्ट्रिय समस्या भएकोले यसलाई उन्मुलन गर्न तिनै तहका सरकार र आम सचेत नागरिकले लागु गर्नुपर्दछ ।
अन्तमा, जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसबाट सामाजिक तथा रुढिबादी सोच,शैली,प्रथा र प्रचलनमा सकरात्मक परिवर्तनद्धारा आपसी एकता सद्भाव र सहिष्णुता अभिवृद्धि भई छुवाछुत रहित समतामुलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु । उल्लेख गर्नुभएको छ ।




Prawash Kumar Shakya । २१ जेष्ठ २०८१, सोमबार ०७:२६ बजे