
८ बैशाख, सुर्खेत । यही बैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन मिति तोके संगै विभिन्न स्थानीय तहमा चुनावी सरगर्मी बढेको छ । यही सरगर्मी संगै वडा अध्यक्ष तथा नगरपालिका र गाँउपालिकाहरुमा प्रमुखमा को हुने भन्ने पनि तमाम बढेको छ ।
यसैवीच सुर्खेत जिल्लाको पूर्वीभेग गुर्भाकोट नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका यूवानेता नरबहादुर सुनार “नवीन” आकाँक्षी देखिनुभएको छ ।
तत्कालिन मेहेलकुना ४ मा २०३६ मा जन्मिनुभएका नवीनले २०४८ देखि नेविसंघबाट आफ्नो राजनैतिक यात्रा शुरु गर्नुभए संगै २०५७ बाट व्यापारमा समेत लाग्नुभएका उहाँले २०६४ बाट नेपाल तरुण दलको साविकको सहारेमा सचिवको पनि जिम्मेवारी वहन गरिसक्नुभएको छ ।
२०६४ को आम निर्वाचनमा तत्कालिन एमालेका उम्मेद्वार ऋषी शर्माको हत्या भएको समयमा नवीन आफूमाथि भएको साँघातिक आक्रमण भइ सक्त घाइते भएको र आफूले सञ्चालन गरेको व्यावसाय तहसनहस भएको सम्झनुहुन्छ । तरपनि हिम्मत नहारी नवीनले पुनः २०६५ बाट व्यावसाय र राजनितिमा फर्किएको बताउनुहुन्छ ।
२०६७ मा नेपाल दलित संघको क्षेत्रीय अध्यक्ष भइ सुर्खेत क्षेत्र नं १ का साविकका १७ वटावडामा नेपाल दलित संघको संगठन विस्तार गर्दै संगठन मार्फत आर्थिक, सामाजिक, शैक्षिक र राजनैतिकरुपमा पिछडिएका दलित समुदायका हकअधिकारलागि सामाजिक भेदभाव विभेद र पछौटेपनकालागि सदैव आवाज उठाउँदै आएको नवीन बताउनुहुन्छ ।
गएको २०७८ मंसीरमा सम्पन्न् नेपाली काँग्रेसको १४ महाधिवेशनबाट अत्याधिक बहुमतले ४ बर्षकालागि जिल्ला सदस्य पदमा निर्वाचित हुनुभएका नर बहादुर सुनार “नवीन” आफूले नयाँ यूवापिढीको नेतृत्व गर्दाै गुर्भाकोट नगरपालिकाको स्तरउन्नती र विकास गर्नकालागि नगरप्रमुखमा आफ्नो पनि दावेदारी प्रस्तुत गरेको बताउनुहुन्छ ।



Prawash Kumar Shakya । ८ बैशाख २०७९, बिहीबार १३:४९ बजे