काँग्रेसबाट वीरेन्द्रनगरको नगरप्रमुखमा खड्काको उम्मेद्वारी


१२ बैशाख, सुर्खेत । यही बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनकालागि नेपाली काँग्रेसबाट वीरेन्द्रनगरको नगरप्रमुखमा उपेन्द्र खड्का उम्मेदवार बन्नुभएको छ ।

आज (सोमबार) पार्टीको बैठकले वीरेन्द्रनगरको नगरप्रमुखमा उपेन्द्र खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यस अगाडी काँग्रेसबाट नगरप्रमुखकालागि ७ जनाको नाम सिफारिस भएको थियो भने नगर उपप्रमुखमा रामकुमारी थापाले उम्मेद्वारी दिनुभएको छ ।