किन बल्छ हाईमास्ट लाइट उज्यालोमा पनि ?


२६ पौष, सुर्खेत । अहिले प्राय जसो शहरहरुमा हाटईमास्ट लाइटले रातीको समयमा शहर बजारलाई उज्यालो बनाइरहेको हामीले देखेका छौं । यही क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका विभिन्न स्थानमा यो लाइटले रातीको समयमा उज्यालो बनाई रहेको छ ।

यही हाईमास्ट लाइट आजभोली सामाजिक सञ्जालमा दिउसो बल्यो भनेर स्टाटस लेखिने गरेको छ । आखिर किन बल्छ त उज्यालोमा हाईमास्ट लाईट उज्यालोमा ? यसबारेमा हामीले वीरेन्द्रनगरको मुटु वीरेन्द्र चोक, गणेश चोक र भानुपार्क (भाइरल डाँडा)को सञ्चालनको जिम्मेवारी लिएको आइड्रिम सोलुसनका बेदप्रसाद गौतम संग बुझ्दा यो बत्ती जानेआउने क्रमले यस्तो भएको बतानुहुन्छ ।

गौतम भन्नुहुन्छ “हामीले जिम्मेवारी लिएको ३ वटा ठाउँमा चुम्बकीय घडी रहेको छ जस्मा स्वचालित समय लागु गरिएको हुन्छ तर हाम्रो वीरेन्द्रनगरमा अत्याधिक मात्रामा बत्ती गइरहने समस्याले गर्दा घडीले काम नगर्दा उज्यालोमा पनि बत्ती बल्ने गरेको हो ।”

यस्तै वीरेन्द्रनगरको अन्य ९ वटा हाईमास्ट संचालनको जिम्मा पाएको ड्राइभ इलेक्ट्रोनिक्सका इन्जिनियर जनक खड्काले बत्ती धेरैपटक आउने जाने कारणले टाइमरमा केही समस्या हुँदा उज्यालोमा पनि लाइट बलेको बताउनुभयो । उहाँ भन्नुहुन्छ यस्तो समस्याकालागि हामीले सुर्खेतका १ जना प्राविधिक राखेका छौ उहाँले यो समस्या समाधान गर्नुहुन्छ । अब हामी चाँडै नै यो समस्याको दिर्घकालिन समाधानकालागि केहीदिनमा नै भारतबाट प्राविधिक ल्याउँदै छौ ।