
१९ जेठ, सुर्खेत । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिपद वीरेन्द्रनगर सुर्खेतको आज पाँचौ अधिवेशनबाट खड्गबहादुर तारामी मगर अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै अधिवेशनले उपाध्यक्षमा सिता लामिछाने मगर सचिवमा डिलबहादुर चौधरी सहसचिव इन्द्रबहादुर कुमाल र कोषाध्यक्षमा हिमा गुरुङ्ग निर्विरोध चयन हुनुभएको हो । यस्तै सदस्यहरुमा धिरेन राम्जाली नगेन्द्र गुरुङ्ग मोतीलाल चौधरी गणेशबहादुर थापा मगर कुश्मा कुमारी गुरुङ्ग धनबहादुर गुरुङ्ग हरिमाया गुरुम कुलमान राजी र कमान सिंह कुमाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतका कार्यवहाक अध्यक्ष अशोक राजीले आदिवासी जनजातिका दविएर रहेका सवालहरुलाई टोलटोलबाट उजागर गर्दै सरकारलाई झक्झक्यानु पर्ने आवश्यक रहेको बताउनुभयो ।
नगर अध्यक्ष कर्णबहादुर राना मगरको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष तिला शाक्य श्रेष्ठले स्वागत गर्नुभएको थियो भने कोषाध्यक्ष प्रकाश तारामी मगरले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।



Prawash Kumar Shakya । १८ जेष्ठ २०७९, बुधबार २१:०९ बजे