्
१ असार सुर्खेत
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कुनै पनि हालतमा अपराध गर्नेलाइ कुनै किसिमकाे छुट नभएकाे र छुन दिन नहुने कुरामा जोड दिनु भएको छ ।
आज वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाहीले अहिलेको सरकारलाइ असफल पार्नको लागी बिभिन्न किसिमका हावादारी प्रचारबाजी गर्ने, जनतामा झुट्ठा भ्रम फैलाउने ,समाजमा आतंक मच्चाउने खालका कामहरु भइरहेको र यस्ता किसिमका कुनै पनी अवान्छनिय कृयाकलाप गर्ने लाइ कुनै पनी किसिमले छुट नदिने र देशमा कानुनी राज्य भएकाले यस्ता खालका गतिबिधिमा संलग्न जोसुकै भएपनी अपराधीहुन र अपराधीलाइ कानुनी दायरामा ल्याउने कुरामा कसैले शंका नगर्न आग्रह गर्नुभयो ।
सिभिल बैंकको सुर्खेत शाखा उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सम्भावना नै सम्भावनाको प्रदेश भएकाले यस प्रदेशमा हुने सथानीय उत्पादनलाइ प्रोत्साहन गरी बित्तिय बिकास नभए सम्म अन्य बिकास असजिलो रहेको र यस्का लागी सबैखालका बित्तिय संघ संस्थाहरुले पहिलो प्राथमिकतामा स्थानियहरुको बित्त बृिद्धीतिर ध्यान दिनु गरुरी रहेको र यस्कालागी कर्णाली प्रदेश सरकार लागी परेको कुरा बताउनु भयो ।
निर्यात भन्दा आयात धेरै भएकै कारणले पनि स्थानीय यूवाहरुमा नैरास्यता छाएकाे छ यसैका कारण यूवाहरु बिदेशतिर पलायनहुने गरेको र यस्तो कार्य रोक्नकालागी स्थानिय स्तरमा उत्पादन बृद्धी गरी यूवाहरुलाइ रोजगारीमा लगाइ निर्यातमा बढावा दिइ बढीभन्दा बढी आर्थीक लाभ हाशिलगरे मात्र देशको समग्र बिकास हुने पक्का भएको बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमवहादुर शाही, प्रदेश साँसद ,पदमवहादुर रोकाय, ठम्मर विष्टकोउपस्थिति रहेको थियो भने सिभिल वैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो ।



Milan Shrestha । १ असार २०७६, आईतवार १२:४६ बजे