२२ भाद्र, सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघले आज (बुधवार) नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशलाई विरोध ज्ञापन पत्र बुझाएको छ ।
नेपाल राष्ट्र बैंकले आउँदो कार्तिक १ गते देखि लगानीमा नयाँ योजना २० देखि २५ प्रतिशतको अवधारणा व्यासायीहरुलाई मान्य नहुने भन्दै बैंकको कर्णाली प्रदेश मार्फत ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष लक्ष्मण कँडेलले हिजोका दिनमा बैंकहरुले व्यावसायीहरुको चलिरहेको आर्थिक पाटो अनुसारको लगानी गर्दै आइरहेको अवस्थामा अहिले एकैपटक परिमार्जन गर्दै त्यो दायरलाई हटायर नयाँ मापदण्ड लागु गर्ने खोज्नु व्यासायीहरुलाई सडकमा ल्याउन खोजेको जिकिर गर्नुभयो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष धन बहादुर रावत, महसचिव भद्र भण्डारी तथा कार्यसमिति सदस्य हरूकाे उपस्थिति रहेको थियाे ।
Prawash Kumar Shakya । २२ भाद्र २०७९, बुधबार १३:३८ बजे