नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा थापा


तस्विरः उदयथापा फेसबुकबाट ।

सुर्खेत, १४ जेठ ।

नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतको अध्यक्षमा उदय थापा सर्वसम्मत निर्वाचित हुनु भएको छ । आईतबार देखि सुर्खेतमा संचालन भएको नेपाल स्वास्थ्यकर्मी संघको ७ औं अधिवेशनबाट थापा  निर्वाचित हुनु भएको हो ।

थापाको अध्यक्षतामा २३ सदस्यीय  कार्य समिती चयन भएको छ जसको उपाध्यक्षहरुमा, देवराज भारती, रेशमलाल गौतम,  ज्ञानबहादुर खत्री,  दीर्घबहादुर वुढा र मिथुला श्रेष्ठ रहनु भएको छ । यसै गरी  महिला उपाध्यक्षमा स्वास्थ्य स्वंयम् सेविका चन्द्रा खड्का, सचिवमा प्रेमबहादुर भटराई, सह–सचिवमा बीरेन्द्र पुन, खेमराज खनाल, महिला सह–सचिवमा  स्वास्थ्य स्ंवयम सेविका यशोदा अधिकारी, युवा सह–सचिवमा श्री बिश्व रेग्मी  र सदस्यहरुमा क्रमश हरिप्रसाद उपाध्याय, नन्दराम वुढा, गणेश वली, अस्मिता थापा लगाएत  निर्वाचित हुनु भएको छ । यसैगरी  ३ सदस्यीय मनोनित सदस्य हुने छन् भने २२ जना केन्द्रिय प्रतिनिधिहरु रहनु भएको छ  ।

सामाचार तयार गर्दा सम्म बिस्तृत बिवरण आउन बाकिं रहेको ।