अपाङ्गता भएका महिला तथा सरोकारवालाका लागि पहूंचयुक्त आघात व्यवस्थापन सम्बन्धि तालिम(फोटो फिचर सहित)


मिलन श्रेष्ठ
भाद्र २६,सुर्खेत । अपांगता  भएका महिला तथा सरोकारवालाका लागि पहूंचयुक्त आघात व्यवस्थापन सम्बन्धि ५ दिने तालिम भएको छ ।

नेपाल अपांग महिला संघको आयोजना तथा यूनाईटेड नेशन ट्रस्ट फण्डको आर्थिक सहयोगमा सुर्खेत,दैलेख र जुम्ला जिल्लाका महिलाहरुका लागि तालिम संचालन गरिएको हो ।


मुख्य गरि तनावमा रहेका महिला दिदीबहिनीहरुका लागि तालिमको आयोजना गरिएकोे नेपाल अपांग महिला संघका कर्णाली प्रदेशका फोकल पर्सन धनसरा शाहिले जानकारी दिनुभयो । शाहीका भन्नु भयो कि,समस्या महिला पुरुष दुबैमा हुन्छ तर पुरुषमा भन्दा महिलाहरुमा भएको समस्या बाहिर सहजै नआउने र महिला दिदीबहिनिहरुले समस्या बाहिर ल्याउन नचाहेरै मनभित्रै राख्नाले दैनिक मृत्युदरमा बृद्धि हुदै गईरहेको हुदा मन भित्र भएको समस्या कसलाई र कसरी व्यक्त गर्ने उक्त समस्याहरु समाधान गर्ने बिषयमा तालिमको आयोजना गरिएको हो ।

यहि भाद्र २४ गते देखि वीरेन्द्रनगमा संचालन भएको तालिमको तेस्रो दिन (आज) अपांगता भएका तथा लै¨िक हिंसामा परेका व्यक्तिका परिवार तथा समुदायको लागि मनोशिक्षा, आघात सूचित परामर्श, श्वासप्रश्वास सकारात्मक आत्मसंवाद अभ्यास, आघात सूचित सिद्धान्त बिषयमा प्रशिक्षण गरिएको नेपाल अपा¨ महिला संघका कोषाध्यक्ष शोभा बिष्टले जानकारी दिनु भयो ।

यसैगरी ५ दिने तालिमका प्रशिक्षक कंचन हिलिंग प्रा.लिका संचालक कंचन रावतले महिलाहरुमा कस्ता खालका आघातका प्रकारहरु छन् सोको पहिचान गर्ने,कुन प्रकारका आघातहरु छन्,कस्ता—कस्ता लक्षणहरु देखाइरहेका छन् र यी समस्याहरुको समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर तालिमको सहजीकरण गरिरहेको बताउनु भयो । कंचन हिलिंग प्रा.लिका संचालक रावतका अनुसार आफुले यस क्षेत्रमा बिगत १५ बर्षदेखि कार्यरत रहिरहेको र समाजमा महिलाहरु प्रति भएका घटना र त्यस घटनाबाट हुने आघातहरुको न्यूनिकरणका लागि राज्य पक्ष पनि संयमित भएर चेतनामूलक कार्यक्रमहरु गर्नु पर्ने साथै बिधालको पाठ्यक्रममा राख्न समेत आग्रह गर्नु भएको छ ।

भाद्र २८ गते मंगलवारका दिन समापन हुने ५ दिने तालिममा सुर्खेत,दैलेख र जुम्ला जिल्लाका अपा¨ता भएका महिला तथा सरोकारवालाका २८ जना सहभागी रहेको आयोजकले जानकरी दिएको छ ।