डाईट विनानै दौडछन् जुम्लाका खेलाडी


अविरल ढकाल, जुम्ला
चैत्र ६,
नियमित खेल खेल्नाले शरिर स्वास्थ रहनका साथै निरोगी बन्न सकिन्छ । नेपाल सरकारले “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भने नाराका सात विभिन्न खेल सञ्चालन गर्दै आएको छ । राष्ट्रिय तथा अन्तररष्ट्रिय एथ्यलेटिक्स खेलमा प्रथम स्थान हासिल गर्न सफल जुम्लाका एथ्यलेटिक्स खेलाडीहरुले विश्व सामु नेपालको लामो समय देखि नाम चिनाउदै आएका जुम्लाका एथ्यलेटिक्स खेलाडीहरु र्डाईट विनानै नियमित अभ्यासका साथै दौड प्रतियोगितामा सहभागि हुदै आएका छन् ।

प्रशिक्षक हरिबहादुर रोकायाले वि.स. २०१८ सालमा १४ वर्षो उमेरमै जुम्लामा संचालन भएको बिरेन्द्र रनिंग शिल बाट दौड सुरु गरेका थिए । जुम्लाको डाडा काडामा उक्लदै उनले आफ्नो दौडलाई अझ तिब्रता दिए । धावक तथा प्रशिक्षक रोकायाले राष्ट्रिय दौड प्रतियोगितामा प्रथम भए संगै अर्न्तराष्ट्रिय ओलम्पिक दौड प्रतियोगितामा नेपालको तर्फबाट सहभगि भएका थिए । उनले गोल्ड मेडल हात पारे संगै गिनिज बुकमा नाम लेखाउन सफल भए । एथ्यलेटिक्स धावक तथा प्रशिक्षक हरिबहादुर रोकायाले सन् १९९९ र २००० मा नेपालको तर्फबाट विश्व ओलम्पिक दौड प्रतियोगिमा विश्व रेकट राख्न सफल भए ।
धावक तथा प्रशिक्षकको प्रतिवान क्षमतालाई देखेर विश्वका धेरै देशले एथ्यलेटिक्स प्रशिक्षकको रुपमा बोलाए तर प्रशिक्षक रोकायाले म आफ्ने जन्मभूमिमा नै बसेर नेपालको नाम विश्व सामु चिनाउने अठोट लिएको समेत रोकायाले बताए । आज नभन्दै प्रशिक्षक रोकायाले प्रशिक्षण गरेका खेलाडीले नेपालको नामलाई विश्व सामु चिनाएकोमा धावक तथा प्रशिक्षक नेपाली हुनु गर्वका साथ शिर उच्च भएको भने, जुम्लाका एथ्लेटिक्स खेलाडीले सहभागि भएको दौड प्रतियोगितामा पदक हात नपारेको प्रतियोगिता नै छैन ।

वि.स. २०५२ साल बाट धावकले जुम्लामा एथ्लेटिक्स खेलाडीको माझमा प्रशिक्षण कार्य सुरु गरे । धावक तथा प्रशिक्षक रोकायाले उत्पादन गरेको एथ्लेटिक्स खेलाडी हाल नेपाल आर्मी, नेपाल प्रहरी र इन्डियन आर्मीले समेत खेलाडीलाई स्थान दिएको र नेपाल आर्मीले लिएका खेलाडीले राष्ट्रिय तथा अर्न्तराष्ट्रिय दौड प्रतियोगितामा गोल्ड मेडल जित्न सफल भएको बताए । आफुले उत्पादन गरेका खेलाडीमा धेरै संभावना, प्रतिवान र क्षमतावान हुदाहुदै पनि आर्थिक अवस्था कमजोर भएका कारणले खेल क्षेत्र बाट पलायन हुने गरको समेत बताए । सरकारले  सम्पुर्ण खेलाडीलाई उचित व्यवस्था गर्नु पर्छ उनले भने तर जुम्लाका एथ्लेटिक्स खेलाडीले र्डाईट विना खेल खेल्ने गरेको दावक तथा प्रशिक्षक रोकायाले बताए ।
कर्णाली खेलकुद क्लवका अध्यक्ष सरोज शाहीले भने, कर्णाली खेलकुद क्लवले जुम्लाका खेलाडीहरुको क्षमतालाई प्रवन्धन गर्नको लागि स्थापना गरिएको हो । हाल कर्णाली खेलकुद क्लवले पठाएका खेलाडीले राष्ट्रिय तथा अन्तररष्ट्रिय खेलमा गोल्ड मेडल जित्न सफल भएको शाहीले बताए । क्लवले खेलाडीलाई आत्मसमानका साथ बाँच्नको लागि पनि पहल गरेको शाहीले भने । क्लवमा पाँस सय खेलाडी आवद्ध भएको र जुम्लामा हाई अल्टिच्युट  ट्रेनिङ्ग सेन्टर बनाएकोले पनि धेरै खेलाडीले प्राटिक्स गर्ने गन्तव्य स्थान बन्ने शाहीले बताए ।

२०६९ साल बाट नियमित दौडमा आएका लोक बहादुर भण्डारीले भने खेल क्षेत्र यस्तो होकी आफु मरेर गए पनि नाम कहिले नमर्ने क्षेत्र भएकोले नै आफु खेल क्षेत्रमा लागेको बताए । क्षेत्रीय देखि राष्ट्रिय दौड प्रतियोगितामा गोल्ड मेडल हात पार्न सफल एथ्यलेटिक्स खेलाडी लोक बहादुर भण्डारीले भने जुम्लाका खेलाडीले जुन खानु पर्ने र्डाईट हो, त्यो र्डाईटको अभावमा नै खेलाडीले प्रतियोगितामा सहभागि हुने गरेको भण्डारीले बताए । जुम्लाका अधिकांश एथ्लेटिक्स खेलाडीको आर्थिक अवस्था कमजोर भएकै कारण सक्षम र प्रतिवान खेलाडी खेल क्षेत्र बाट पलायन हुन बाध्ये भएका छन् । खेलाडी स्वंयमले नै कमाएर घर खर्च चलाउनु पर्ने र खेल क्षेत्र बाट आम्दानी नहुने भएकोले पनि खेलाडीले बाध्ये भएर खेल क्षेत्रलाई छोड्न गरेको भण्डारीले बताए । नेपाललाई विश्व सामु चिनाउने एउटै माध्यम खेल क्षेत्र नै भएकोले नेपाल सरकारले खेल क्षेत्रमा लगानी गर्ने आवश्यक भएको र जुम्लाका एथ्लेटिक्स खेलाडीले लामो समय देखि र्डाईट विना दौडने गरेको समेत भण्डारीले बताए ।
दावक तथा प्रशिक्षक रोकायाले हाल कर्णालीका पाँच जिल्लाका खेलाडी संगै सुर्खेत, दैलेख, बाजुराका खेलाडीलाई प्रशिक्षण गरिरहेका छन् । ३५ जना खेलाडीलाई नियमित रुपमा विहान र साँझ दिनको दुइ पटक जुम्लाका डाडा काडा सम्म पुर्‍याउदै प्रशिक्षण गरिरेहका छन् ।