
१४ असोज, सुर्खेत । श्री समाज सुधार बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः दिनेश कुमार चपाई चयन हुनु भएको छ ।
सबैको जीत, सबैको हित उद्देश्य यो महान, राष्ट्र विकासको एउटै मियो सहकारी अभियान भन्ने मूल नाराका साथ आज वीरेन्द्रनगर १३ मा सम्पन्न श्री समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं बार्षिक साधारण सभाले चपाईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
सभामा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बी.सीले सहकारी ऐन विद्येयक मस्यौदा सदनबाट ऐनको रुपमा दिइसकेको बताउनु भयो । मन्त्री बि.सी.का अनुसार कर्णाली प्रदेश सरकारले संघिय सरकार संग नबाझिने गरी सहकारी ऐन २०७६ तयारी गरेर दिईसकेको छ । उहाँले भन्नुभयो “सरकारको तीन खम्बे निती अन्तर्गत सहकारीलाई प्राथमिकतामा राखेको कारण कर्णाली प्रदेशमा रहेका विभिन्न बिषयगत संस्थाहरुलाई कार्य गर्न सहज होस भनेर नै ऐनको कार्य समयमा नै सम्पन्न गरि सकेका छौ ।”
साधारण सभाबाट ८ सदस्यीय संचालन समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा ननिसरा घर्ति, सचिवमा चन्द्रा खनाल, कोषाध्यक्षमा वासुदेव पौडेल र सदस्यहरुमा बेलमती घर्ति, वालकुमारी वौडेल, हरिप्रसाद अधिकारी, धनलाल आचार्य र यामलाल लामिछाने रहनु भएको छ ।
यसैगरी साधारण सभाबाट रचना बांठाको संयोजकत्वमा उमालाल चपाई र यज्ञप्रसाद कोइराला सदस्य रहने गरी लेखा सुपरिवेक्षण समिति गठन गरेको छ । सहकारी संस्थाले आर्थिक बर्ष २०७८/०७९ को कुल ३ करोड ९ लाख ८८ हजार ८ सय ५३ रुपैया कारोवार गरेको आर्थिक प्रतिवेदन र आगामि बर्षका लागी रु ४ करोड १२ लाख १४ हजार १ सय ७८ रुपैया बराबरको प्रस्तावित आर्थिक प्रतिवेदन पेश गरेको छ ।



Milan Shrestha । १४ आश्विन २०७९, शुक्रबार २१:०३ बजे