शान्नी त्रिवेणीमा पहिलो पटक गाडी


५ चैत्र, कालीकोट । कालीकोट जिल्लाको शान्नी त्रिबेणी गाँउपालिका पहिलो पटक  सडक सञ्जालमा जोडीएको छ । गाउँ पालीकाको २ करोड ७६ लाखको लागानीमा गाँउ सडक सञ्जालमा  जोडीए पछि गाउँलेमा खुसियाली छाएको छ ।

गाउँ पालीकाको अगुवाईमा उपभोक्ता समितिद्वारा निर्माण गरीएको ८ दशमलव ५० किलो मिटर सडकमा  गाडी गुडेपछि  स्थानियहरुले गाडी र चालकहरुलाई फुलमाला र अबिरले स्वागत गरेका छन् ।

अब शान्नीघाटदेखी गाउँ पालीकासम्म गाडी चल्ने भएपछि स्थानियहरुले खुसियाली व्यक्त गरेको गाउँ पालीकाका इन्जिनियर कमल बमले जानकारी दिनुभएको छ ।

यसै आव मा कर्णाली प्रदेश सरकारले रकु मेहेलमुडी हुदै मुम्रा जोड्ने सडकका लागी २ करोड रुपैया बिनियोजन गरीसकेको रकम टेन्डर प्रकृयामा गइसकेको छ

हाल सम्म पुरक बजेटबाट पोतमारा हुदै गाउँ पालीका सम्म ५०लाख र रकु देखि मेहेलमुडीसम्म ५०लाख रकम छुट्टयाएको   छ । सो रकमले गाउँ पालिका का सबै वडाहरुमा सडक सञ्जालले छुने जानकारी कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीका स्वकिय सचिव खेम बहादुर सिंह “भिजनले”  जानकारी दिनुभएको छ ।