केन्द्रिय साधारणसभाको तयारीमा जुट्यो पत्रकार महासंघ सुर्खेत


१२ मंसीर, सुर्खेत । आगामी पौष ८ र ९ गते कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न हुने नेपाल पत्रकार महासंघको केन्द्रिय साधारण सभाको तयारी सुर्खेतशाखाले शुरु गरेको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी कर्णाली प्रदेशको राजधानीमा पौष ८ र ९ सम्पन्न हुने  केन्द्रीय साधारणसभाको निर्णयलाई स्वागत गर्दै सभा सम्पन्न गर्नकालागि विभिन्न ८ वटा उपसमिति गठन गरेको छ ।

महासंघ सुर्खेतले सभाकालागि आवास तथा व्यवस्थापन, मञ्च व्यवस्थापनमा ७ जना पदाधिकारी, मञ्च व्यवस्थापनको संयोजकमा उपाध्यक्ष सुदिप पुरी, अतिथि सत्कारमा उपाध्यक्ष सविता जिसी, प्रचार उपसमितिमा सचिव ललित बुढा, स्मारिका प्रकाशनमा सहसचिव इश्वरराज अधिकारी, साँस्कृतिक उपसमितिमा सहसचिव टेकेन्द्र विश्वकर्मा, आर्थिक उपसमितिमा कोषाध्यक्ष ललित गाहा र पर्यटन उपसमितिमा विवशकुमार सेजुवाल, यज्ञ खत्री र पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ ।

कार्यक्रममा देश विदेशका गरी करिब ६ सय पत्रकारहरु सहभागी हुने जनाइएको छ ।