नेपालका सर्वाधिक रक्तदाता कर्माचार्यद्वारा डडेल्धुराको रक्तसञ्चार केन्द्र अवलोकन


१५ भाद्र, डडेल्धुरा/ नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्यले सुदूरपश्चिमको डडेल्धुरामा रहेको नेपाल रेडक्रस सोसाइटी द्वारा सञ्चालित रक्तसञ्चार केन्द्रको अवलोकन गर्नुभएको छ ।

अध्यक्ष कर्माचार्यले अवलोकन पश्चात डडेल्धुराका नागरिकहरुको ज्यान बचाउनकालागि आवश्यक पर्ने वित्तिकै दिलोज्यान लगाएर रक्तदानमा सक्रिय हुन नेपाल स्वयंसेवी रक्तदाता समाज डडेल्धुरा शाखालाई आग्रह गर्नुभयो । हामी कुनै पनि मानिस रगत अभावका कारणले ज्यान नजाओस भनेर नै देशभर रक्तदाता उत्पादन गर्नकालागि लागि रहेका छौं । तर विडम्वना सरकारले दानमा दिइएको रगतको शुल्क तोकेर रगतमा व्यापार गरिरहेको छ । जस्कालागि हामी देशभर रगत निःशुल्क हुनुपर्छ भन्ने अभियानमा लागि रहेका छौ । अध्यक्ष कर्माचार्यले भन्नुभयो ।

यसैवीच समाजको केन्द्रीय कार्यसमितिको छैठौं बैठक पनि डडेल्धुरा शाखाको आतिथ्यतामा डडेल्धुराको बागबजारमा सम्पन्न भएको छ । बैठकले विभिन्न ९ शिर्षकमा छलफल गरि संस्थाकाे लक्ष्य र उद्देश्य हाँसिल गर्दै रक्त व्यवस्थापनमा अहम् भूमिका खेल्न आवश्यक्ता रहेकाे निचोड निकालेको छ साथै समाजको डडेल्धुरा जिल्ला शाखाद्वारा केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान स्वरूप उहाँकाे तस्बिर सहित “Life with Blood” लेखिएको T-shirt सार्वजनिक गरेको छ ।